झापा र माेरङबाट प्रतिवन्धीत ब्राउन सुगर र औषधिसहित पाँच जना पक्राउ

सुनसरी । झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला ईलाम घर भई सुन्दरहरैचा–१० त्रिबेणी चोक स्थित डेरा गरी बस्दै आएका २४ बर्षीय सुष्मिता लिम्बूलाई शंकास्पत अवस्थामा फेला पारी उनको कोठामा चेकजाँच गर्दा उक्त कोठाबाट लुकाई छिपाई राखेको स्पासपेन-८५ पिस र ट्रमाडोल-८५ पिस ट्याबलेट गरी १७० पिस नियन्त्रित औषधि बरामद गरे सगै लिम्बू र सोही कोठामा बस्दै आएका झापाका २१ बर्षीय सुजल तामाङ र मोरङ सुन्दरहरैचा–१० का २३ बर्षीय प्रेम खड्का समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यता झापाको मेचिनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर–१० धुलाबारीका २४ बर्षीय खातिबुल महमदलाई १ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाँउपालिका–१ स्थितबाट २२ बर्षीय (समिर) भन्ने देवेन्द्र चौधरीलाई २ ग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।पक्राउ परेका उनीहरुको सम्बन्धित कार्यालयबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *