लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औ साधारण सभा सम्पन्न

पथरी शनिश्चरे : अष्टलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न भएको छ। आज पथरीशनिश्चरे नगरपालिकाकै एक मात्रै महिलाहरूको साझा सहकारीको रुपमा परिचित सो सहकारी संस्थाले आफ्नै निजी भवनमा सो सभा सम्पन्न गरेको हो।

संस्थाकी सचिव सिर्जना राईले आर्थिक वर्ष २०८०/०८१ को प्रगति प्रतिवेदन तथा २०८१/०८२ को लागि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले सो संस्थामा हाल २ हजार २४ जना शेयर सदस्य रहेको बताउँदै उक्त साकोसको हाल शेयर पुँजी तर्फ१ करोड ४४ लाख ८६हजार ४ सय रुपैयाँ , १० करोड ५१ लाख १९ हजार १०१ कुल बचत र ९ करोड १४ लाख १७हजार ६ सय ४० रूपैयाँ ऋण लगानी रहेको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

साथै, उहाँले आरब २०८१/०८२ को लागि जेष्ठ महिला सदस्य सम्मान, एकल महिला सदस्य सम्मान, संस्था स्थापना दिवस मनाउने कार्यक्रम, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट कारोबार कर्ता सम्मान तथा पुरस्कार आदिलाई निरन्तरता दिइने आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा संस्थाकी कोषाध्यक्ष जानुका श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को एक करोड ४४लाख ८६ हजार ४ सय रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो साकोसले आयकर पछिको १८ लाख ७१ लाख ११५ रूपैयाँ शुद्ध नाफा गरेको सभामा प्रस्तुत गरिएको थियो।

साकोसकी अध्यक्ष दुर्गा सुवेदी दंगाल र सोहि संस्थाकी पूर्वअध्यक्ष वीना राईले संयुक्त रुपमा उद्घाटन गर्नुभएको सो साधारणसभामा जेष्ठ सेयर सम्मान, एकल महिला सम्मान, उत्कृष्ट बालबचत पुरस्कार, उत्कृष्ट ऋण कारोबारकर्ताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *