सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६औं साधारणसभा सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६औं साधारणसभा सम्पन्न, विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

सुन्दरहरैंचा, मोरङ – सुन्दपरहरैंचा उद्योग वाणिज्य संघको २६औं साधारणसभा आज सुन्दरहरैंचा–१० स्थित बाझोडा पर्यटकीय स्थलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकार शिव भट्टराईलाई  सम्मान गरिएको छ। त्यस्तै, कृषि क्षेत्रमा योगदान पुर्‍याउने मोहनलाल श्रेष्ठ र खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने दीपक भण्डारीलाई पनि सम्मान गरिएको थियो।

साधारणसभाका प्रमुख अतिथि प्रदेश सांसद माननीय ज्ञानेन्द्र सुवेदी थिए भने प्रदेश उपाध्यक्ष भीम पौडेल, संघका पूर्व अध्यक्ष नवराज चापागाईं र भोला दुलाल विशेष अतिथिका रूपमा सहभागी थिए।

स्थानीय उद्योग, व्यापार तथा पर्यटन प्रवर्द्धनलाई केन्द्रमा राखेर आयोजित सभामा संघका पदाधिकारी, व्यापारी, उद्योगी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संघको भावी योजना तथा रणनीतिबारे विस्तृत छलफल गरिएको संघका अध्यक्षले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *