भोलि बैशाख २९ गते जोगीयारे ग्रामथानमा भव्य मेला हुने

एलएन गच्छदार, मोरङ — मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका–२, जोगियारेमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ग्रामथान देवीदेवता मन्दिरमा भोलि बैशाख २९ गते भव्य मेला आयोजना हुँदैछ।

वार्षिक रूपमा आयोजना हुने यो मेलामा यसपालि पनि टाढाटाढाबाट आउने हजारौं श्रद्धालुहरूको उपस्थितिको अपेक्षा गरिएको छ। मेलाको अवसरमा पूजा–अर्चना, भजन–कीर्तन, र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।

स्थानीय जोगियारे ग्रामथान संरक्षक रामलाल गच्छदारका अनुसार मेला व्यवस्थित बनाउन मन्दिर परिसरलाई आइतबार नै सफा गरी आकर्षक रूपमा सजाइएको छ। साथै स्थानीय युवा क्लब र स्वयंसेवकहरूलाई मेलाको व्यवस्थापनमा खटाइएको छ।

गच्छदारका अनुसार सोमबार लाग्ने मेलामा इलाका प्रहरी कार्यालयसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ। मेला धार्मिक मात्र नभई सामाजिक मेलमिलाप र सांस्कृतिक विविधताको पर्वको रूपमा पनि लिइन्छ।

मेलामा विभिन्न जातजाति, भाषा र संस्कृतिका समुदायहरूको सहभागिताले सांस्कृतिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। 

मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकको भनाइ छ, र श्रद्धालुहरूप्रति हार्दिक स्वागत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *