गुराँस एकता टोल विकास संस्थाको प्रथम साधारण सभा समपन्न
मोरङ :मोरङको सुन्दरहरैचानगरपालिका – ५ मा रहेको गुराँस एकता टोल विकास संस्थाको प्रथम बार्षिक साधारण सभा समपन्न भएको छ।
वडा नम्बर ५ का वडा अध्यक्ष गणेश चौधरीको प्रमूख आतिथ्यतामा र संस्था अध्यक्ष यम बहादुर पौडेलको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। संस्थाका सचिव कुमार सुवेदीले बार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमामा शुभकामना दिंदै वडा अध्यक्ष चौधरीले संस्थाले गरेको कामको खुलेर प्रंशसा गरेका थिए। उक्त प्रथम वार्षिक साधारण सभाले ११ सदश्यी नया कार्य समिति पनि चयन गरेको उक्त संस्थाका सदश्य तथा समाजसेवी विशाल गुरागाईले जानकारी दिए।

नया कार्यसमितिको अध्यक्षमा कुमार सुबेदी,उपाध्यक्षमा सीता पोखरेल,सचिवमा सुमन राई र कोषाध्यक्षमा चन्द्र कला अधिकारी चयन भएका छन्। निवार्तन अध्यक्ष पौडेलले संस्थाको खाता नव निर्वाचित अध्यक्ष सुबेदीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रमको सहजीकरण समाजसेवी गुरागाईले गरेका थिए।
