मायादेवी पार्कको मूल गेट अनावरण, पूर्व प्रदेश सांसद् ‘कृष्णकुमारी राईको जीवनयात्रा’ पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रम भव्य

✍️✍️ छविराज ढकाल 🙏 🙏
पथरी शनिश्चरे ,फागुन ११८, २०८१।
मोरङको पथरी शनिश्चरे वडा नं ०७ मा रहेको मायादेवी पार्कको प्रवेशद्वार भव्यताका साथ अनावरण भएको छ।
शुक्रबार कोशी प्रदेशका सांसद मान बहादुर लिम्बुले बौद्ध परम्परा अनुसार १०८ दीप बालेर र शिलालेख अनावरण गर्नुभएको हो।
मायादेवी पार्क संचालक समितिद्वारा आयोजित दोस्रो सञ्चालक समितिको वार्षिक साधारण सभा तथा ‘ कृष्णकुमारी राईको जीवन यात्रा ‘ पुस्तक लोकार्पण पनि भएको थियो ।
प्रमुख अतिथि समेत रहनुभएका सांसद लिम्बुले पूर्वी नेपालको एक लोकप्रिय धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघीय तहका निकायहरूका जिम्मेवार सरोकारवाला जनप्रतिनिधिहरूले राजनीतिक चश्माले नहेरी सबै मिलेर लाग्नुपर्ने औल्याउनु भयो।
उक्त अवसरमा पार्क निर्माणको लागि निःशुल्क ९ कठ्ठा जग्गादान गर्नुहुने ५ जना जग्गादाताहरूलाई कदर पत्रले सम्मानित गर्नुहुँदै उहाँले बौद्ध बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धकी ममतामयी माता मायादेवीको नामबाट स्थापित यो धार्मिक तथा पर्यटकीय स्थललाई थप पूर्वाधार विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
उक्त अवसरमा पार्कको भौतिक तथा अन्य पूर्वाधार विकासमा अहिलेसम्म विशिष्ट योगदान पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा व्यक्तित्वहरूलाई कदर स्वरूप कदर पत्र प्रदान गरिएको थियो।
पार्क सञ्चालक समितिकी अध्यक्ष कृष्णकुमारी बिकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा
कोशी प्रदेशकी सांसद तथा नेकपा माओवादीकी प्रमुख सचेतक गीता तिम्सिना, प्रदेश सांसद् विद्या राई,
संविधानसभाका सभासद द्वय चण्डीप्रसाद राई र लालबहादुर सुश्लिङ मगर , पथरिशनिश्चरे वडा नं ०८ का वडा अध्यक्ष तथा नगरप्रवक्ता नवीनजंग कार्की, लगायतले आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
सोही अवसरमा वडा नं ०७ का वडा अध्यक्ष उद्धवराज बस्नेत , यूवा समाजसेवी जितेन राई, नेकपा-माओवादीका पथरी शनिश्चरे नगरअध्यक्ष गोविन्द कटवाल, नेकपा समाजवादी पथरी शनिश्चरेका अध्यक्ष तथा न्यू गोर्खाली पाउरोटी उद्योगका प्रोप्राइटर तुलसी ढकाल, किरात एकेडेमीका संस्थापक तथा प्रिन्सिपल सुजन बास्तोला, पार्कलाई जग्गादान गर्नु हुने व्यक्तित्वहरु, सर्वसाधारण लगायत उपस्थिति रहेको थियो।
उक्त पार्क निर्माणको लागि ३ वर्षअघि स्वर्गीय टेकबहादुर तामाङको स्मृतिमा पाँच कठ्ठा, गंगाबहादुर तामाङले दुई कठ्ठा, स्वर्गीय दिलप्रसाद लिम्बुको स्मृतिमा १ कठ्ठा, छविलाल मादेनले १० धुर र विष्णुमाया राईले १० धुर गरी कुल ९ कठ्ठा जग्गा निःशुल्क दान गर्नु हुने परिवारका सदस्यहरूलाई कदरपत्रद्वारा सम्मानित गरिएको थियो।
सोही अवसरमा मायादेवी पार्क लेखिएको र तीनै जना कृष्णकुमारी बिक, राई र गुरुङका फोटोहरु जडित केक काटेर निवर्तमान अध्यक्ष कृष्ण कुमारी बिकलाई प्रमुख अतिथि , विशिष्ट अतिथि लगायतले केक काटेर उहाँको जन्मोत्सवको पावन अवसरमा शुभकामना प्रदान गर्नुभएको थियो।
सोही क्रममा सो पार्क निर्माणका लागि पूर्व प्रदेश सांसद कृष्णकुमारी राईले ‘आफूले आफू माननीय रहँदा विक्रम सम्वत २०७९ /०८० को प्रदेश बजेटबाट विनियोजित २५ लाख रुपैयाँबाट मायादेवी पार्कको प्रवेशद्वार तथा घेरावाराको काम र आफ्नै जीवनका अनेकौं संघर्षका आरोह अवरोहहरूमा आधारित जीवनयात्रा पुस्तक प्रकाशन गरिदिएर आफूलाई थप हौसला प्रदान गरेको भन्दै खुसी प्रकट गर्नुभएको थियो।
कार्यक्रममा पार्क सञ्चालक समितिका सचिव जोन सुब्बाले अध्यक्ष कृष्णकुमारी बिकको तर्फबाट वि. सं.२०७९ असोज ७ देखि हालसम्मका कार्य प्रगति तथा भावी कार्ययोजनाहरू समेत प्रस्तुत गर्नुभएको थियो। उहाँले पार्क निर्माणका लागि हालसम्म कोशी प्रदेश सरकार अन्तर्गत पर्यटन तथा भूसंरक्षण मन्त्रालयबाट २५ लाख नगद बजेट प्राप्त भई प्रवेशद्वार निर्माण गरिएको बताउनुभयो भने वडा नम्बर ७ को वडा कार्यालय बाट ५० हजार यसै आर्थिक वर्षमा विनियोजन भएको उल्लेख गर्नुभयो। यस्तै, मायादेवी पार्कको मूल गेट पश्चिममा रहेको पथरी खोलाको तटबन्धनका लागि प्रदेश सरकार अन्तर्गत जलस्रोत तथा सिंचाई विकास डिभिजनबाट आर्थिक वर्ष २०८०/०८१ मा ५ लाख रुपैयाँको बजेटबाट तटबन्धनको काम भएको बताउनुभयो।
कार्यक्रममा किरात एकेडेमीका नानीबाबुहरू, दुर्गा माध्यमिक विद्यालयका छात्र छात्राहरू तथा पथरी डान्स सेन्टरका नानीबाबुहरूले आआफ्ना सुन्दर सांगीतिक पी.टी. तथा नृत्यहरु प्रस्तुत गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन सचिव जोन सुब्बाले गर्नुभएको थियो।
– पार्क सञ्चालक समितिमा नयाँ नेतृत्व पनि चयन —-
साथै, आजै सम्पन्न साधरण सभाले कृष्णकुमारी गुरुङको अध्यक्षतामा मायादेवी पार्क सञ्चालक समितिको नयाँ नेतृत्व पनि चयन गरेको छ।
जसको उपाध्यक्षमा पूर्व उपाध्यक्षदय ओमप्रकाश राई र चन्द्र थापा, कोषाध्यक्ष संमिता तामाङ, सचीव जोन सुब्बा,सह सचिवमा सन्त सुब्बा रहनुभएको छ भने सदस्यहरूमा क्रमश: भीमप्रसाद भेटवाल, छविराज ढकाल, दिनेश कुमार राई, शिव कुमारी थोप्रा, सरला तामाङ निर्विरोध निर्वाचित हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *