कोशी प्रदेशमा बाढी पहिरोको बितण्ड: दुई दिनमै ५ जनाको मृत्यु,अधिंकाश ठाउँ डुबान

कोशी प्रदेशमा बाढी पहिरोको बितण्ड: दुई दिनमै ५ जनाको मृत्यु,अधिम्कास ठाउँ डुबान

योगेन्द्र योगी
बिराटनगर : कोशी प्रदेशमा बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। कोशी प्रदेशका झापा,मोरङ र ओखलढुंगामा बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो। मोरङको सुन्दरहरैचा नगरपालिका-५ स्थित बुढीखोलामा माछा मार्ने क्रममा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन ।

मृत्यु हुनेमा सुन्दरहरैचा-५ की २२ बर्षीया प्रेमकला चौधरी रहेकी छन । मंगलबार दिउसो स्थानीय ६० बर्षीया असरादेवी चौधरी, ३० बर्षीया फुला चौधरी, २२ बर्षीया स्वस्तिका चौधरी र २२ बर्षीया प्रेमकला चौधरी समेत बुढी खोलामा माछा मार्न गएकोमा बर्षासंगै आएको बाढीले बगाई बेपत्ता बनाएकोमा तत्काल इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहाल सहितको टोलीले खोज तलासको क्रममा प्रेमकला चौधरीलाई खोला किनारमा मृत अवस्थामा फेला पारेको थियो भने स्वस्तिका चौधरीलाई सकुशल उद्धार गरिएको थियो ।

बेपत्ता भएका असरा देवी चौधरी र फुला चौधरीको खोजी कार्य भईरहेको भएपनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । यस्तै,मोरङको केराबारी गाउँपालिका-४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ । केराबारी-४ का चित्र बहादुर राईको ११ बर्षीय छोरा श्याम राई साथीहरुसंग स्कुल जाने क्रममा गोगुने खोलामा आएको बाढीले बगाई बेपत्ता बनाएकोमा आफन्तले खोज तलासको क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।

उनीसंगै बिद्यालय जाँदैगरेका १४ बर्षीय भरत राई, १३ बर्षीय अनुप राना, १२ बर्षीय प्रबिन राई र १२ बर्षीय अर्पन लिम्बु समेतलाई खोलाले बगाउदै गरेको अवस्थामा स्थानिय र प्रहरीको सहयोगमा सकुशल उद्वार गरी आफन्तलाई जिम्मा लगाईएको एसपी कार्कीले बताए ।

यसैगरी,झापाको मेचीनगर नगरपालिका-१४ स्थित फुलबासा खोलाले बगाएर १ जना बालकको मृत्यु भएको छ । मेचीनगर-१४ का बामरा सतारको डेढ बर्षका छोरा रिहान सतार घर नजिकै रहेको फुलवासा खोलामा खेल्ने क्रममा अचानक पानीमा डुबी मृत्यु भएको हो । मृतक बालको शवलाई कानुनि प्रकृया पुरा गरी पोष्टमार्टको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ भने घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-५ थुम्की स्थितमा पहिरोले घर पुरिंदा १ जना महिलाको मृत्यु भएको छ । बुधबार बिहान परेको अबिरल बर्षाको कारण स्थानिय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको १ तले घर र गोठ समेत पहिरोले पुर्दा घर भित्र बसेका ३९ बर्षीय बाबुराम खत्री, उनको ३५ बर्षीया श्रीमती देव कुमारी खत्री र १८ बर्षीया छोरी मेनुका खत्री समेतलाई पहिरोले पुरेकोमा तत्काल प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा बाबुराम खत्री र छोरी मेनुकालाई सकुशल उद्धार गरिएको छ भने देव कुमारी खत्रीलाई पहिरोले पुरी मृत अवस्थमा भेटिएको थियो ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी निरीक्षक सहितको थप टोली खटी उद्धार *कार्य भईरहेको जनाएको छ । पहिरोमा परेर घाइते भएका बाबुराम खत्री र उनकी छोरी मेनुका खत्रीलाई हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ भने घाइतेमध्ये बाबुरामको अवस्था गम्भीर रहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *