आदिवासी जनजाति महासंघ सुन्दरहरैंचाको आयोजना ६४ प्रिन्ट रगत संकलन

श्रावण २३ गते

२९ औं बिश्व आदिवासी दिवस २०८० को अवसरमा मोरङको सुन्दरहरैंचा नगरपालिकाको वडा -३ गछियामा रक्तदान कार्यक्रम गरेको छ।

नेपाल आदिवासी जनजाति महासंघ नगर कार्यसमितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६४ पाउण्ड रगत संकलन भएको छ।

हाल बर्खायाम सुरु भएसंगै डेङ्गु महामारी प्रकोप बढ्दो छ, अस्पतालमा रगत अभाव भइरहेको बेलामा मध्यनजर गरेर रगत अभावको समस्यालाई न्यूनीकरणमा सहयोग हुने उद्धेश्यले आयोजना गरिएको आदिवासी जनजाति महासंघ सुन्दरहरैंचा नगर अध्यक्ष सुमन याख्खाले बताए।

आदिवासी जनजाती महासंघ नगर उपाध्यक्ष राम कुमार तमाङ्गले कार्यक्रमको संयोजन गरेका थिए । प्राबिधिक सहयोगमा भने नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले सहकार्य गरेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ