सुन्दरहरैंचा नगरपालिकाको व्यवसाय दर्ता र नवीकरणका लागि घरदैलो कार्यक्रम, वस्तु तथा सेवा बिक्री उद्धेश्य अनुरुप दर्ता नगरिएको
एलएन गच्छदार
चैत्र १५ गते / सुन्दरहरैंचा
उद्योग व्यवसायलाई करको दायरामा ल्याउन सुन्दरहरैंचा नगरपालिकाले दर्ता र नवीकरणका लागि घरदैलो कार्यक्रम सुरू गरेको छ । नगरभित्र अझै पनि धेरै व्यवसाय नगरपालिकाको दायरामा नआएकाले सम्बन्धित ठाउँमै पुगेर दर्ता प्रक्रिया सुरू गरेको हो । साथै दर्ता भएका व्यवसाय पनि नवीकरण गर्न आनाकानी गर्दै आएपछि नगरपालिकाले घरदैलो कार्यक्रम नै गरेर ब्यबसायीलाई करको दायरामा ल्याउन लागेको नगरपालिकाका राजश्व शाखा प्रमुख राजन रेग्मीले जनाएको छ ।
गत फागुन १४ गते देखि नै घरदैलो अभियान संचालन गरेर हाल सम्म ४ सय भन्दा बढी नयाँ व्यसायी दर्ता गरेको राजस्व शाखा प्रमुख रेग्मीले बताएका छन । सुन्दरहरैंचा नगरपालिकामा २०७२ साल देखि हालसम्म अभियान भन्दा अघिक ७ हजार ४ सय वटा उद्योग तथा व्यवसाय दर्तामा छन् । त्यसमध्ये औसत संख्यामा मात्र नवीकरण भएको छ ।

कतिपय ब्यबसायी किराना पसलको नाममा खोलिने तर बस्तु तथा सेवा बिक्रि उद्धेश्य अनुरुप दर्ता नगरिएको समेत भेटिएको छ । त्यस्ता ब्यबसायीलाई दर्ता प्रक्रिया समेत ल्याएको शाखा प्रमुख राजन रेग्मीले जनाएको छ । राजमार्गतिर ठुलठुला ब्यबसाय, ग्यारेजहरु दर्ता प्रक्रियामा अझै आउँ नसकेको बताउदैं यो कार्यक्रमलाई अझै निरन्तरता दिने बताएका छन् ।
सुन्दरहरैंचा नगरपालिका नगरभित्र अझै पनि धेरै उद्योग, व्यवसाय दर्ता र नवीकरण नगरेको पाइएकाले नियमित कार्यक्रम अनुसार घरदैलो कार्यक्रम सुरू गरिएको हो । ‘कतिपय व्यवसाय दर्ता गरेर बर्षौबर्ष नबिकरण नगरेको भेटिएको छ भने कतिपय केहि वर्षदेखि बिनादर्ता सञ्चालनमा रहेको घरदैलो अभियानमा भेटिएका छन् ।
टोलटोल मै आएर दर्ता तथा नबिकरण गर्न आएपछि निकै नै सहजताको अनुभूति गरेका वडा -२ का स्थानीय बासि हर्कमान लिम्बुले बताएका छन ।
उनीहरुलाई करको दायरामा ल्याउँदै नगरको राजस्व वृद्धिमा यो कार्यक्रमले पुर्याएको वडा २ का अध्यक्ष बिबस प्रधानले बताएका छन । यसरी घरदैलो कार्यक्रमले नगरमा के–कति उद्योग व्यवसाय सञ्चालनमा छन् त्यसको यकिन तथ्याङ्क आउने वडा अध्यक्ष प्रधानको भनाइ छ ।





