सुन्दरहरैंचामा हुने २९ औं बिश्व आदिवासी दिवस कार्यक्रमको समुदघाटन मन्त्री अमनलाल मोदीले गर्ने

एलएन गच्छदार
सुन्दरहरैचा नगरपालिकामा २९ औंं विश्व आदिवासी जनजाति दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । २९ औं बिश्व आदिवासी दिवस २०८० भोलि अर्थात श्रावण २४ गते बुधबार ( अगष्ट ९ तारिख) भव्यरुपमा गछिया खेलमैदानमा मनाउने भनिएकोमा मौसम परिवर्तनका कारण सुन्दरहरैंचा -६ मा रहेको नेपाल आदिवासी जनजाती महासंघको सभाहलमा हुने आदिवासी जनजाती महासंघ नगर अध्यक्ष सुमन याख्खाले जनाएको छ।

उक्त कार्यक्रमको समुदघाटन संघिय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले गर्ने भएको छ।

भोलि हुने कार्यक्रममा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषा सहित प्रदर्शनी साथै बिबिध कार्यक्रम गरि मनाउने भएको छ।

पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं’ भन्ने राष्ट्रिय मूल नारा तय गरिएको अध्यक्ष याख्खाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *