सुकुना बहुमुखी क्याम्पस उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम सम्पन्न
नेपाल बिधार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा २ दिवसीय उद्घोषण तथा ब्यक्तित्व बिकास तालिम बुधबार सम्पन्न भएको छ ।
नेपाल बिधार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समिति सभापति भोजराज रिजालको अध्यक्षता नेपाली कांग्रेस मोरंग जिल्ला सचिव ललित श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले कुनै पनि व्यक्तिमा बोल्न सक्ने क्षमता हुनुपर्ने बताए । उनका अनुसार मानिस सफल हुनको लागि पनि व्यक्तित्व बिकास तथा उद्घोषण कला अति आवश्यक हुन्छ । आफ्नो कुरा स्पष्ट र निडर राख्न सक्नु नै तालिमको मुख्य उदेश्य भएकाले जेहेन्दार असल र इमान्दार भएर अघि बढ्न श्रेष्ठले अनुरोध समेत गरेका छन् ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा एलएन गच्छदार र सनराईज चौधरी प्रशिक्षक रुपमा सहजीकरण गरेका थिए । सुकुना, जनता, पथरी, बेलबारी लगायत बिभिन्न क्याम्पस तथा बिधालयका बिधार्थी सहित ४८ जनाको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले २ दिवसीय उदघोषण तथा ब्यक्तित्त्व बिकास तालिम संचालन गरेको थियो।
सुकुना क्याम्पसको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य मित्रसेन योन्जनले बिपि कोइराला र गणेशमान सिंहको तस्वीरमा माल्याणपर्ण गरी मंगलबार कार्यक्रमको उदघाटन गर्दै उदघोषण र ब्यक्तित्त्व बिकास सबैमा अपरिहार्य रहेको भन्दै सिकेका सिपलाई ब्यबहारमा नउतारे सम्म तालिम लिएको औचित्य नहुने धारणा प्रस्तुत गरे। अबको आमुल परिवर्तन गर्ने जिम्मा विद्यार्थीको काँधमा रहेको भन्दै राष्ट्रको आमुल परिवर्तनका लागी कम्मर कसेर लाग्न सुझाव दिएका थिए ।






