सुन्दरहरैंचा नगरपालिकाले २५ प्रतिशत नबढ्ने गरी कर समायोजन गर्ने सहमति

https://janacharchatimes.com.np/wp-content/uploads/2023/08/358573545_688298886644492_2885704287178363969_n.jpg >

सुन्दहरैंचा, असोज २ गते

सुन्दरहरैचा नगरपालिकाको आर्थिक ऐन २०८० मा निर्धारित कर दरले उत्पन्न समस्याका कारण आन्दोलित संघर्ष समिति विच पहिलो छफलबाट गठित उच्चस्तरीय सुझाब समितिको आज बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को किताबमा उल्लेखित दर भन्दा नियमत बढीमा २५% नबढ्ने गरी कर समायोजन गर्ने सहमति भएको छ। आज मंगलबारको सम्पन्न बैठकमा कर समायोजन समितिले सैद्धान्तिक सहमति भित्र रहेर प्रस्ताव तयार गर्नेछ र फेरि उच्चस्तरीय समितिमा छलफल गरी कार्यपालिकाले कार्यान्वयनमा ल्याउने छ।

आर्थिक ऐन, २०८० मा तोकेका करका दररेटका सम्बन्धमा आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्नका लागि गठित समितिलाई आवश्यक सल्लाह तथा सुझावहरू प्रदान गर्नका लागि गठित उच्चस्तरीय सल्लाहकार समितिको बैठक नगर प्रमुख श्री केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको थियो।

यस नगरपालिका क्षेत्रभित्र व्यावसायिक र आवासीय क्षेत्रमा वर्गीकृत भएका सम्पूर्ण जग्गाहरूको व्यावसायिक प्रयोजनका लागि विवरण सङ्कलन गरी अभिलेख राख्न विज्ञ सहितको अध्ययन समितिलाई सुझाव दिने निर्णय गरेको छ।

नगरपालिका क्षेत्रभित्र रहेका पैतृक रूपमा प्राप्त र स्थिर रहने घरजग्गाहरूको सम्पत्ति कर र भूमि करको दरमा गत आ.व. २०७९/०८० को दररेटभन्दा नियमत २५ प्रतिशतभन्दा बढी वृद्धि नहुने गरी समायोजन गर्नका लागि विज्ञ सहितको अध्ययन समितिलाई सुझाव दिने निर्णय गरी घरबाटो सिफारिसका सम्बन्धमा व्यावसायिक प्रयोजन बाहेक गत आ.व. २०७९/०८० सो सरह गर्ने गराउने गरी विज्ञ सहितको अध्ययन समितिलाई सुझाव दिने निर्णय गरिएको संघर्ष समितिका सदस्य दुश्यन्त भट्टराईले बताए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ