विभिन्न प्रतियोगिताका विजयी छात्र छात्रहरू नगरप्रमुख तुम्वापोद्वारा पुरस्कृत

प्याब्सन नगर कार्यसमिति पथरी शनिश्चरेद्वारा तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट आयोजना :
विभिन्न प्रतियोगिताका विजयी छात्र छात्रहरू नगरप्रमुख तुम्वापोद्वारा पुरस्कृत
🙏🙏 छविराज ढकाल 🙏 🙏
पथरी शनिश्चरे,माग ०४/
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति पथरी शनिश्चरे (प्याब्सन ) द्वारा आयोजित तीन दिवसीय प्याब्सन प्रेसिडेन्ट कप फुटबल तथा भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ।
आज शुक्रबार पथरिशनिश्चरे वडा नं १ को जांतेमोडस्थित खेल मैदानमा सो टुर्नामेन्ट सम्पन्न भएको हो।
एक समारोहका बीच पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले सो प्रतियोगिता अन्तर्गत भलिबल तथा फुटबल विधामा उपाधि उचाल्ने प्रथम र फर्स्ट रनर अफ ( दोस्रो) स्थान हासिल गर्ने विद्यालयहरूका छात्र- छात्राहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
गत बुधबारदेखि संचालित उक्त टुर्नामेन्ट अन्तर्गतको भलिबल ( छात्रा) तर्फबाट क्रमश: एभरेष्ट बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको थियो भने ‘ फष्ट रनर अफ’ रेडस्टार माध्यमिक विद्यालय घोषित भएको थियो।
यसैगरी, भलिबल (छात्र) तर्फको उपाधि भूपु सैनिक स्कुलले उचालेको छ भने अरुणोदय बोर्डिङ स्कुल फ्रष्ट रनर अप हुन सफल भएको छ।
यसैगरी, कुल १६ वटा विद्यालयहरूले भाग लिएका १५ वर्ष मुनिको फुटबल प्रतियोगिताको उपाधि वाल्मिकी मेमोरियल स्कुलले चुमेको छ।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा प्याराडाइज बोर्डिङ स्कुल विरुद्ध वाल्मिकी मेमोरियलले ३-० को गोल अन्तरमा पराजित गर्दै उपाधि उचालेको हो ।
प्याब्सन पथरी शनिश्चरे नगर कार्य समितिका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगिताको समापन समारोहमा विजयी खेलाडीहरू तथा अफिसियलहरूलाई प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्बापोले पुरस्कृत गर्नुभएको थियो।
उक्त अवसरमा प्याब्सन कोशी प्रदेश सदस्य नवोलकिशोर खनाल, प्याब्सन मोरङ सदस्य खड्गबहादुर श्रेष्ठ , प्याब्सन नगर कार्य समिति, पथरी शनिश्चरेका सल्लाहकारद्वय उपेन्द्र कँडेल र टिकाप्रसाद दङ्गाल, पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मुरारी प्रसाद आचार्य, गायक डम्बर नेपाली, लगायत नगर भित्रका विभिन्न निजी विद्यालयका संस्थापकहरू तथा प्रिन्सिपलहरूको उल्लेखनीय उपस्थिति रहेको प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेका सचिव सुजन बास्तोलाले जनाउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *