लायन्स क्लबबाट  बिद्यार्थीलाई  कम्बल   बितरण

चन्दन रौनियार
दुहबी /जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले
लायन्स क्लव अफ दुहवीले  दुहबी  नगरपालिका वडा नं २ तुतहा स्थित रहेको श्री नवीन निकेतन अधारभुत  बिधालय स्रोत कक्षा अध्यनरत सुस्त श्रवण (बहिरा) १२ जना  छात्र छात्रालाई न्यानो कपडा अन्तर्गत कम्बल  एक औपचारिक कार्यक्रमका बिच बितरण गरिएको छ।लायन्स क्लव अफ दुहवीका अध्यक्ष लायन भोगेन्द्र साहको अध्यक्षता भएको कार्यक्रममा  लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट 325c का गभर्नर लायन बिकास अधिकारीको प्रमुख आतिथ्ययमा  कार्यक्रममा प्रमुख अतिथि मन्तव्यमा निक्कै चिसो बढेको र जाडोकै कारण विद्यालय आउन नसक्ने अवस्थाका बालबालिकाहरूलाई न्यानो कपडा वितरणले राहत पुगेको जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले लायन्सले यस्ता  सेवामूलक कार्यक्रमहरु समाजमा गर्दे आएका बताए।
सौ कार्यक्रममा  बिधालयका प्रअ सुरेन्द्र कुमार चौधरी ,पत्रकार चन्दन रौनियार , क्याविनेट ट्रेजरर लायन रमेश खत्री, लायन्स क्लव अफ दुहवीका भू.पू. अध्यक्षहरू रमेश बाबु थापा, शिव नारायण उराँव, आशाराम चौधरी, दुहवीका पदाधिकारीहरूउपस्थित कार्यक्रममा नविन शिक्षा निकेतन आधारभूत विद्यालयमा अध्ययनरत तथा आश्रित सुस्त श्रवण रहेका १२ जना बिद्यार्थीहरूलाई कम्वल वितरण गरिएको जानकारी सेकेण्ड भिपी लायन इ. युवराज चौधरीले जानकारी दिए । त्यसै गरि ब्लड क्यान्सर बाट पिडित दुहबी नगरपालिका  वडान.१०कि  १३ बर्षिया भुमिका कुमारी चौधरीलाई उपचारका क्रममा केही राहत पोगस भनेर लायन्स क्लव अफ दुहवीका अध्यक्ष लायन भोगेन्द्र साह मार्फत अाफ्नतलाई १५ हजार सहयोग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *