बसको चक्काले किचेर संखुवासभामा एक युवकको मृत्यु

संखुवासभा : संखुवासभाको मादीमा बसको चक्काले किचेर एक युवकको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ बजेतिर मादी नगरपालिका– ९ स्थित फाबिङदेखि ओखरबोटेतर्फ जाँदै गरेको को.१ख ५१४१ नम्बरको मकालु बसले सोही बसमा सवार २९ वर्षीय भक्तबहादुर तामाङलाई किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

मादी– ९ को फाबिङदेखि भित्री कच्ची सडक हुँदै मादी नगरपालिकाको केन्द्र ओखरबोटे निस्कने सडकखण्डमा सो दुर्घटना भएको हो। सोही वडा बस्ने नरबहादुर तामाङका छोरा भक्तबहादुर बसको ढोकाबाट अचानक लडी भुइँमा खस्दा पछाडिको चक्काले किचेको प्रहरीले जनाएको छ। बसको चक्काले कम्मरमुनिको भाग किचिएको अवस्थामा गम्भीर घाइतेलाई राति ८ बजेतिर मादी नगर अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका प्रहरीको भनाइ छ।

बस र बसचालक सुनसरी धरान उपमहानगरपालिका– ८ बस्ने ३८ वर्षीय सविन लिम्बूलाई प्रहरी चौकी मंगलबारे मादीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *