सुन्दरहरैचामा रिजल्ट हेर्न गएकी नाबालिका अचेत अबस्थामा फेला, अनुसन्धान जारी

एलएन गच्छदार
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -६ डिपु टोलबाट आज बिहिबार बिहान ६:०० बजे गछिया प्रहरीले एक नाबालिका अन्दाजी १४ वर्षकी अचेत अवस्थामा फेला पारेका छ्न। । ती नाबालिकाले कसैलाई चिन्न सक्ने अवस्थामा छैन्न ।

ती नाबालिकलाई गछिया प्रहरीका नायब निरीक्षक (सइ) टंक प्रसाद कोइरला र सुन्दरहरैंचा नगरपालिका कार्यपालिका सदस्य टुनाकुमारी बिक सहितको टोलि उद्धार गर्न पुगेका थिए। सइ र कार्यपालिका सदस्यलाई बाबाा र आमा भनी सम्बोधन गर्छिन। घटना रहस्यमय भएको भन्दै हिजो भन्दा अघिका कुरा समेत थाहा नभएकी ती बालिकाको हात कोतारेको समेत रहेको नेपाल प्रहरीका नायब निरीक्षक (सइ) कोईरालाले बताए।

कार्यपालिका सदस्यले हराएकी वालिकाको खोजी गर्न टिकटकमा भिडियो पोस्ट गरेपछी आफ्न्त प्रहरी चौकी गछियामा पुगेका थिए। आफ्नो परिवार समेत चिन्न सक्ने अवस्थामा नरहेको उनको बुवाले बताएका छन। श्रोतका अनुसार बिधालयमा रिजल्ट हेर्न जान्छु भनेर नाबालिक बुधबार बिहान ११ बजे घरबाट निस्केकी थिइन।

इलाका प्रहरी कार्यालय बेलबारी प्रहरी निरिक्षक उदय बहादुर जबराका अनुसार अनुसन्धान जारी रहेको केही संग्लन ब्यक्तिसंग सोधपुछ भएइरहेको र घट्नाको नजिक आएको बताए। नाबालिकालाई स्वास्थ्य परिक्षण गराउन बिपि प्रतिष्ठान धरान लगिएको श्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *