सलकपुरमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

सलकपुरमा भएको सवारी दुर्घटनामा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। मोटरसाइकलमा सवार ग्रामथान ६ बस्ने ४५ बर्षकी नन्दिका राईको निधन भएको हो। मोटरसाइकल चालक बिशाललाल सरादार भने घाइते भएको ट्राफिक प्रहरी पोष्ट बिराटचौकले जनाएको छ।

मोरङको सुन्दरहरैंचा वडा ८ सलकपुरमा को १ ख ६२७९ को बसले प्रदेश १ -०२-०५०प-००७१ नंम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिएपछी घाइते मोटरसाइकल सवार दुबैजनालाई सशस्त्र प्रहरीको गाडिले सुकुना सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो। राईको अवस्था चिन्ताजनक भएपछि बिराटनगरको न्युरो टिचिङ्ग हस्पिटल लगिएको थियो।

बस चालक झापा कमल गाउँपालिका वडा -१ बस्ने ३६ बर्षको डोलेश्वर साहु इलाका प्रहरी बेलाबारीको नियन्त्रणमा छ भने बस इलाका प्रहरी बिराटचौकको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी पोष्टले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *