ग्रामथान गाउपालिकमा रहेको एक विधालयमा शिक्षिका माथि दुर्व्यवहार

मोरङको ग्रामथान गाउपालिकामा रहेको एक विधालयमा शिक्षकले एक शिक्षिकालाई दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । ग्रामथान गाउपालिका वडा नं ०७ मा रहेको मेधावी इङ्लिस स्कुलका एक शिक्षकले सोही विधालयमा पढाउने २१ वर्षिय एक शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप लागेको हो ।

सोमबार स्थानियले ईलाका प्रहरी कार्यालयमा धर्ना दिएपछी उक्त घटना सार्वजनिक भएको हो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *