सुन्दरबाटिकाको तेस्रो अभिभावक दिवस तथा नतिजा प्रकाशन एवम पुरस्कार बितरण कार्यक्रम
एलएन गच्छदार
मोरङ सुन्दरहरैंचा नगरपालिका वडा ७ गोठगाउँमा रहेको सुन्दरबाटिका एकेडेमी गोठगाँउको तेस्रो अभिभावक दिवस तथा नतिजा प्रकाशन एवम पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेका छन ।
लामो समयदेखि शैक्षिक गुणस्तर संगै संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बिधालयले उक्त अवसरमा गायन तथा नृत्य आइडल कार्यक्रम , विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी भएर उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार बितरण तथा सम्मान कार्यक्रम गरि मनाएका हुन।
अत्यन्तै अनुशासित र पारिवारीक वातावरणमा पढाई हुने सो क्षेत्रको गौरव बिधालयले बिधार्थी अभिभावकको आशा र भरोसाको केन्द्र समेत बन्न सफल भएको छ। सामाजिक दिगो बिकाशका लागी शिक्षा अनिवार्य शर्त भएको हुँदा आजको बदलिएको समय संग सुहाउदो स्तरीय तथा गुणस्तरीय शिक्षाको ब्यबस्थापनलाई मूलउद्धेश्य बनाई प्रविधिको युग सँग चल्ने अभियानरत लक्ष्य लिएको प्रिन्सिप्ल बिनोद फुयालले बताए।

कार्यक्रमका सहभागी भएका एनप्याबसन मोरंग अध्यक्ष सुनिलदत अधिकारीले अबको शिक्षा प्राणाली विश्वबजारमा बिक्न सक्ने हुनु पर्ने र ब्यबहारिक शिक्षामा जोड दिए। उक्त कार्यक्रममा शिक्षाप्रेमी, अभिभावक, बिधार्थी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
त्यसै गरी अभिभावको रोजाइमा समेत सुन्दरबाटिका नै परेको छ। यहाँ अतिरिक्त क्रियाकलाप संगै शिक्षाको गुणस्तरलाई बुझेर भर्ना गरेको तर्क प्रस्तुत गरेका छन।
प्लेग्रुप देखि कक्षा ६ सम्म कक्षा संचालन भएको बिधालयमा जम्मा २सय ७ जना बिधार्थी पठनपाठन गर्दै आएका छन् भने २१ जना भन्दा बढी कर्मचारी र शिक्षकलाई रोजगारी प्रदान गरेका छन ।
विद्यार्थीलाई पारिवारिक वातावरण र उत्कृष्ट शिक्षा दिन सफल यो विद्यालयको नतिजा पनि राम्रो छ । अझै राम्रो नतिजा ल्याउनको लागि विद्यालय र शिक्षक धेरै मिहिनेत साथ खटिरहेको पाइन्छ ।

विद्यालयमा अनुभवी शिक्षक, अनुशासित वातावरण, भौतीक पूर्वाधार मनोवैज्ञानिक शिक्षण पद्धती, अतिरीक्त क्रियाकलापमा सफल नतिजाका कारण विद्यार्थीहरू यस बिधालय प्रति आकर्षित छन् । जुन यस स्कूलको गौरव र प्रतिष्ठा हो । गुणस्तरिय शिक्षा आजको आवश्यकता नारालाई महशुुश गर्दै प्राविधिक शिक्षा आजको आवश्यकतालाई आत्मसात गर्दै अघि बढ्न आवश्यक छ ।
