प्राण प्रतिष्ठा महोत्सव तथा नवाह महायज्ञमा सुन्दरहरैंचा नगरपालिकाको अनुपस्थिति, निकासा नै रोकिएको आरोप

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -८ चन्द्रनगरमा पाथिभरा माताको प्राण प्रतिष्ठा महोत्सव तथा श्रीमद देविभागावत नवाह ज्ञान महायज्ञमा राजनीतिक रंग देखिएकोको आरोप छ। सुन्दरहरैंचा नगरपालिकाले निकासा हुने रकम रोकिदा आयोजक स्तब्धभएको मुल समारोह समितिका संयोजक तथा निवर्तमान प्रदेश सांसद लोक प्रसाद संग्रौलाको तर्क छ।

सबैको दान र सहयोगबाट मन्दिर निर्माण हुँदा प्रमुख भूमिका भने राधेश्याम सेवा ट्रष्टका संरक्षक दिनबन्धु शात्रीको रहेको संग्रौलाले पत्रकार भेटघाटमा बताए। बुधबार समुदघाटन गरिएको कार्यक्रममा भने नगरपालिकाका प्रतिनिधिहरुको सहभगिता नहुँदा आयोजकले चासो व्यक्त गरेका छन्। नगरले केहि रकम दिन्छु भनेर निर्णय गरेर बजेटमा परेको रकम समेत नपाउँदा दुख व्यक्त गरेका छन्। पुराण सुरु हुनुभन्दा केहि दिन अघि निकासा हुने पैसा पालिकाले रोकिदिएको संग्रौलाको भनाई छ। यसमा आग्रह पूर्वाग्रह नभई सामाजिक धार्मिक पबित्र कार्यमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए। संग्रौला प्रदेश सांसद हुँदा पाथिभरा मन्दिरलाई निर्माणका २५ लाख बजेट बियोजित गरेको थियो।

वैशाख २७ गतेदेखि जेष्ठ ४ गतेसम्म सुप्रसिद्ध भागवताचार्य अध्यात्म शिरोमणि पं. श्री रामकृष्ण उपाध्यायको मुखारविन्दबाट धर्म, संस्कार, संस्कृतिका जान्नैपर्ने महत्वपूर्ण विवेचना सहित श्रीमद् देवी भागवत नवाह महापुराणको संगीतमय प्रवचन हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *