स्कोलर्स होमले प्रजातान्त्रिक निर्वाचन पद्धतिद्धारा क्याप्टेन र भाइस क्याप्टेन चयन
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -९ मा रहेको स्कोलर्स होम बिधालयले प्रजातान्त्रिक निर्वाचन पद्धतिद्धारा बिधालयको क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन।
प्रजातान्त्रिक अभ्यास गराउनका लागि बिधालयले नमुना चुनाबी मार्फत क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको हो। बिधालयको बार्षिक शैक्षिक क्यालेन्डरमा २०८० का अनुसार जेष्ठ १ गते उक्त कार्यक्रमको निर्धारण गरिएको हो।
निर्वाचन प्रणालीमा एउटा स्वच्छ प्रजातान्त्रिक प्रणालीको समेत अभ्यास रहेको हुँदा यस्ता किसिमको रचनात्मक सिकाई बाट अघि बढेको उक्त बिधालयमा निश्चल खड्का बिधालय क्याप्टेन र रिमान्ज बस्नेत भाइस कापटेंनमा निर्वाचित भएका छन। ५/५ जना बिधार्थीले २ पदका लागि उम्मेदबार बनेका थिए भने खड्काले १ सय ४२ मत प्राप्त गरेको थियो भने बस्नेतले १ सय ११ मत प्राप्त गरेका थिए।
सामाजिक बिषयमा निर्वाचन सम्बन्धि सैद्धान्तिक पठनपाठन हुने हुँदा प्रयोगात्मक र निर्वाचन मतदाता शिक्षा सिकाइमा समेत टेवा पुगेको संस्थापक प्रिन्सिपल तिलक राइले बताए। निर्वाचन कार्यक्रमको उद्धेश्य बिद्यार्थीहरुलाई समाजिक शिक्षा दिदै समाज परिवर्तनमा भुमिका खेल्न सक्ने बनाउनु रहेको बताए।
बिद्यार्थी र बिधालयको चौतर्फी बिकासका लागि बिबिध कार्यक्रमहरु जस्तै: बृक्षारोपण, बिद्यार्थीसंग मेयर, उपमेयर, वडा अध्यक्ष कार्यक्रम , बिद्यार्थी – डाक्टर अन्तरक्रिया , बिद्यार्थीसंग इन्जिनियर ,बिद्यार्थीसंग स्थानीय ब्यपारी कार्यक्रम, सरसफाइ बिबिध अन्तरकृया कार्यक्रम प्रमुख रुपम गर्दै आएका छ्न।

यस बिधालयका ECA प्रमुख युके चौलागाईंका अनुसार स्कुलर्स होम बिद्यार्थीको सर्वाङ्गिण बिकासका लागि सदा तत्पर रहेको छ। दर्जनौं उर्जाशिल कार्यक्रम मार्फत बिद्यार्थीहरुलाई समाज परिवर्तनको बाहकको रुपमा उत्पादन गरिने बताए ।
सो निर्वाचनका अधिकृतमा शिक्षक क्षितिज कटुवालले भुमिका निर्वाह गर्दै कक्षा ३ देखि १० सम्मका ४ सय बिद्यार्थीले निर्वाचनमा मतदान गरेका छ्न।
नगरकै नमुना र गौरव बोकेको स्कोलर्स होमले अभिभावकको मन समेत जित्न सफल भएको छ। उक्त बिधालयमा प्ले ग्रुप देखि कक्षा १० सम्म अंगेजी माध्यममा पठन पाठन हुँदै आएको छ भने ६ सय भन्दा बढी बिद्यार्थी छन भने शिक्षक र कर्मचारी गरि ३५ जना रहेका छन।
