श्रीप्रसाद बेपता, बुवालाई धम्की


स्थायी ठेगना भोजपुर जिल्ला अरुण गाउँपालिका वडा -४ ( अस्थायी मोरङ जिल्ला सुन्दरहरैंचा नगरपालिका -१०) बस्ने बर्ष २३ का श्रीप्रसाद दर्जी केही दिन देखि बेपता भएका छ्न।

बुवा सिताराम दर्जीका अनुसार गत बैशाख २९ गते बेलुका ८:०० बजे आफू संग कुराकानी भएको बताउदै त्यहाँबाट हाल सम्म सम्पर्कबिहिन भएको बताएका छन।

उनका अनुसार छोरा श्रीप्रसादको बिहेको कुराकानी अरुसंगै छिनिसकेको र बरमाला समेत भएको थियो तर श्रीप्रसादले अरुलाई नै भगाएपछि सम्पर्कबिहिन भएको बताए।
बरमाला भएको पक्षबाट बुवा सितारामलाई फोन गरेर दबाव दिएपछी यो कुरा मिडियामा आएको हो । उनलाई छोरा भगाएको आरोपमा नराम्रो नतिजा हुने धम्की समेत दिएका छन । छोराको ज्यान जोखिममा रहेको धम्क्याउदै २४ घण्टामा निकाल्न सकिएन भने आफुलाई अफ्ट्यारोंमा पार्न सक्ने बताए।

छोरा सम्पर्कविहिन भएपछि थप पीडा थपिएको छ भने उनले छोरा हराएको जाहेरी इलाका प्रहरी कार्यालय बिराटचौकमा दिएका छन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ