‘द भोइस अफ किड्स सिजन ३’ को फाइनलिस्ट समीक्षा गृहनगरमा

सुन्दरहरैचा : हिमालय टेलिभिजनद्वारा प्रसारित गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ मा फाइनलिस्ट छनोट भएका छन्। मोरङको सुन्दरहरैचा १० निवासी ब्राइट फ्युचर सेकेण्डरी स्कुल सलकपुरमा कक्षा ७ मा अध्यनरत समिक्षा दाहाल फाइनलिस्टमा पुगेकी छिन ।

गृहनगर आइपुग्ने खबरले आइतबार ठिक बेलुका ५ बजेर ४५ मिनेट भएको थियो। सुन्दरहरैंचा नगरबासी समिक्षा दाहालको प्रतिक्षामा थिए। कोही ब्यानर झुन्ड्याउन त कोही उनको स्वागतका लागी फुलमाला र गमला सजाउन व्यस्त थिए । त्यतिकैमा एउटा गाडी हरैंचा मोड भएर आउछन र समिक्षाको भब्य स्वागतमा नगर बासीको भिड र बधाई दिन र सेल्फि खिच्नको ओइर लाग्छन। एकै छिनमा उनी आफ्नो प्रस्तुत दिने बितिकै नगरबासी झुमिरहेको देख्न सकिन्छ।

समिक्षाले आफ्नो प्रतिभा र दर्शकको मायाबाट यो उल्लेखनीय उपलब्धि हासिल गरेकी हुन्।उत्कृष्ट प्रस्तुति दिएकी समिक्षा अहिले उपाधि जित्ने दाउमा छिन्। काठमाडौंबाट आएकी समिक्षालाई आफन्त, साथीभाइ, छिमेकी र नगरवासीले भव्य स्वागत गरेका छन्। गृहनगरमा आएर खुशी साटेकी समिक्षाले आफ्नो सफलताको श्रेय दर्शकको माया र साथलाई दिएकी छिन्।

समिक्षा अब सुप्रसिद्ध गायिका बनिसकेकी छिन्। उनको लागि अब उपाधि जित्न मात्र बाँकी छ। आफ्नो प्रतिभा र मेहनतले यहाँसम्म आइपुगेकी समिक्षाले अब आफ्नो गृहनगरबासीको समर्थन र भोट माग्न आएकी छिन्। समिक्षा भन्छिन जब मा ब्राइट फ्युचरमा गए त्यहाँबाट मेरो भाग्य बदलियो , त्यहाँ सबैबाट सहयोग पाएको बताउछिन।

समिक्षाकी आमा शान्ता दाहाल नानि फाइनलिस्टमा पुगेकोमा खुसि ब्यक्त गर्दै बिजेता बनाउन सबै संग भोटको अपिल गरेकी छिन। अर्को तर्फ बाबाले गुणगुनाउने प्रेरणाबाट संगीतमा लगाव राखिन, समिक्षाका बुवा डिल्ली प्रसाद दाहालले छोरी समिक्षालाई अघि बढाउँ संगीत गुरु देवराज ढकाल र स्कुलका प्रिन्सिपल टिकाराम ढकालको धेरै साथ सहयोग रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *