लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

बिराटनगर : झापाको गौरादह नगरपालिका-३ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरिगंजबाट दमकबाट तर्फ आउदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा कमल गाउँपालिका-५ का २१ बर्षीय दिपेन्द्र ताजपुरीयाको साथबाट ९ ग्राम ९ मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका ताजपुरीयाको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *