सुन्दरहरैचामा ८४ औं निवृत्तभरण दिवस मनाईयो
एलएन गच्छदार/योगेन्द्र योगी
बिराटनगर : निवृत राष्ट्रसेवक समाज नेपाल मोरङको सुन्दरहरैंचाले ८४ औं निवृत्तभरण दिवस -२०८१ मनाएको छ। सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरको आफ्नै कार्यालयमा ८४ औं निवृत्तभरण दिवस मनाएको हो। सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिको आयोजनामा पेन्सन डे मनाइएको नगर अध्यक्ष उमाकान्त चौलागाईले जानकारी दिए ।
सो कार्यक्रममा केन्द्रिय सह-अध्यक्ष जयधर्म आचार्यले कार्यक्रमको उदघाटन गर्दै १५९ औं मोति जयन्ती , कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा पेनसन डे मनाउदैं आएको छ ।
५७ वटा जिल्ला निवृत राष्ट्र सेवक समाज नेपालको शाखा बिस्तार भसकेको प्रमुख अतिथी केन्द्रिय सह-अध्यक्ष आचर्यले जानकारी गराउदैं करदस्तुर वृद्धिले जनताको ढाड सेक्ने गरि लगाउने र सरकार आफनै सेवा सुबिधा लिनमा तल्लिन रहेको भन्दै राज्य आफ्नो मान्छेलाई भरपोषण गर्ने गर्दा आफुहरुले ध्यानाकर्षण समेत गराएको बताए।

राज्य उदारता भन्दा निरंकुशता तर्फउन्मुख भएको समेत आरोप लगाए। निवृत राष्ट्रसेवकको सेवा, सुविधा पाउनु पर्ने बिषयमा सरकार गम्भीर रुपमा लाग्नु पर्ने बताए। उनले राज्यले अन्याय गरे मेची देखि महाकाली सम्म का निवृत्त राष्ट्रसेवकको आवाज उठने बताए।
निवृत राष्ट्रसेवक समाज अक्षय कोषदाता नेत्र चौलागाईंले राज्यलाई सेवा निवृत राष्ट्र सेवकले राज्यको लागि योगदान दिएको अवस्थामा पेन्सन खोसिने बिषयप्रती चिन्ता व्यक्त गरेका छन । अग्रज व्यक्तिहरु मेहनत र पसिना चुहाएका सेवा निवृत राष्ट्रसेवकले समाज राम्रो काम गरेको प्रति प्रशंसा ब्यक्त गरे। उनले भने – जेष्ठ नागरिकको भवन निर्माणका हामी जस्ता युवाहरूलाई सहयोग गर्ने अवसर दिनुस, हामी सहयोग गर्न तत्पर छौँ ।
केन्द्रिय सदस्य मोहन कार्कीले कमिसनमा लागेका सरकारले युवाहरू बिदेशिनुमा राज्य नै लागेको, सेवा निवृत कर्मचारी पाउने सुबिधा रोकेर राखेको आरोप लगाएका छन। सेवानिवृत्त राष्ट्र सेवक समाजका केन्द्रिय उपाध्यक्ष गोपाल प्रसाद काफ्लेले योजना निर्माणदेखि हेरक क्षेत्रमा विज्ञको आवश्यकता पर्ने भएकोले भूपू कर्मचारीहरूलाई अनुभवको आधारमा स्थानीय सरकारले विज्ञमा नियुक्ति गर्नुपर्ने धारणा राखेका थिए ।

सेवा निवृत राष्ट्रसेवक समाज नेपालका उमाकान्त चौलागाईंको अध्यक्षता सम्पन्न सो कार्यक्रममा चौलागाईंले समापन तथा धन्यवाद मन्तव्य ब्यक्त गर्दै राज्यलाई सेवा गरेर अवकाश पाएपछी अब समाजलाई सेवा गर्नुपर्छ भन्ने मान्यता राख्दै निवृत्त राष्ट्रसेवक समाजले बिकृती बिसंगतिलाई परिस्कृत गर्दै अघि बढ्नु पर्ने उल्लेख गरेका छन। त्यसै उहाँले समाजमा रचनात्मक र उल्लेखनीय कार्य गरेको बताए।
प्राध्यापक, शिक्षक, निजामती , सेना, प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा संघ संस्थान लगायतका कर्मचारी आवद्ध छन। निवृत राष्ट्र सेवकको समाजमा भुमिका बिषयक निबन्ध प्रतियोगिता संचालन गरेको थियो भने सुन्दरहरैंचा नगरभित्रका सामुदायिक विद्यालयका ७ वटा विद्यालयका १४ जना सहभागी थिए। प्रथम, द्वितीय,तृतीय र सान्त्वना भएका विद्यार्थीहरु नगद र प्रमाणपत्र वितरण गरिएको थियो भने अन्य सहभागी विद्यार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो।

