डाँस माेरङ्गीकाे सामुदायिक वन उपभोक्ता समितिकाे याेजना तर्जुमा

डाँस माेरङ्गीकाे सामुदायिक वन उपभोक्ता समितिकाे याेजना तर्जुमा


पथरी शनिश्चरे समाचारदाता, भदाै-१५ गते
मोरङको पथरीशनिश्चरे- १० स्थित जिरिखिम्तिमा रहेको डांस मोरङगी सामुदायिक वन उपभोक्ता समितिले योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको । संस्थाको साधारणसभा नजिकिदै जांदा आगामी भावी योजनाबारे छलफल गर्न संस्थाले आज गोष्ठिको आयोजना गरेको थियो ।

गोष्ठिमा कानेपोखरि वडा नं ७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारी, पथरीशनिश्चरे वडा नं- १० का वडाध्यक्ष जीवन खतिवडा, सामुदायिक वन उपभोक्ता महासंघ कोशि प्रदेश सदस्य अग्नि पौडेल लगायतको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष मदन पोख्रेलले आ.व २०८१/०८२ का लागि प्रस्तावित भावि योजना प्रस्तुत गरेका गर्नु भएको थियाे।

योजनाबारे सुझाव दिंदै कानेपोखरि वडा नं ७ का वडाध्यक्षले जंगलभित्र फलफुल तथा पशुपन्छीको आहाराको अभाव हुँदै गएकोले वन्यजन्तुहरु सडकमा आउंदा त्यसले दुर्घटनाको जोखिम बढेको हुंदा बन्यजन्तुका लागि जंगलभित्रै फलफुलका बोटबिरुवा लगाउन सुझाव दिनुभएकाे थियाे।

संस्थाले आ.व २०८१/०८२ मा ८३ लाख २८ हजार ८ सय १ रुपैयां आम्दानीको लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *