बुढीगंगा गाउँपालिकामा ७ सय ४९ जनालाई पोशाक बितरण

एलएन गच्छदार

आमा समूह महिलाहरूको एक सामाजिक संठगन हो । महिलाहरूलाई घरधन्दा र चुलोचौकामा मात्र सीमित नराखी सामाजिक र आर्थिक कार्यमा समेत उनीहरूको पहुँच बिस्तार गर्नु नै यसको प्रमुख उद्देश्य हो । कला संस्कृतिको संरक्षण र सार्वजनिक सम्पत्तिको संरक्षण तथा सम्वर्द्धनमा समेत आमा समूहहरूको उल्लेखनीय योगदान छ। यति मात्र होइन यसले महिलालाई घरेलु हिंसाबाट सशक्त बनाउँछ। यस्ता आमाहरुलाई बुढीगंगा गाउँपालिकाले एक कार्यक्रम बीच ७ सय ४९ जनालाई पोशाक बितरण गरेको छ।

मोरंगको बुढीगंगा गाउँपालिका वडा नं. ६ मा रहेको नारायण माविको प्राङ्गणमा ७ वटै वडा भित्रका आमा समूहका ७ सय २ जना आमा र ३८ जना स्वसेंबिका र नौमती बाजा समुहका ९ जना महिलालाई प्रोत्साहन स्वरूप पोशाकमा साडी वितरण गरेको हो।

नेपाली कांग्रेसका बरिष्ठ नेता तथा संघिय सांसद डा. शेखर कोइरालाको प्रमुख आथित्यतामा वितरण कार्यक्रम गरेको हो। पोशाक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले महिलाहरुको सिपलाई प्रयोग गर्न बुढीगंगामा ७ बिघामा महिला उधम ग्राम निर्माण भएको र सम्मानीय राष्ट्रपतिबाट उदघाटन हुने बताउनुभयो। उहाँले वितरण गरेको साडीको रंगको महत्वबारे उल्लेख गर्दै स्वास्थ्यमा के गर्ने, आम समुह, महिला समुहलाई के गर्नु पर्ने हो त्यसको जिम्मा आफुले लिनु पर्छ भन्दै आमा समुह, स्वास्थ्य स्वसेंबिकाले समाजमा खेलेको भूमिका अतुल्यनिय रहेको बताउनुभयो।

सो पालिकाका अध्यक्ष जितु थापा मगरले गत बर्ष झैँ स्वास्थ्य क्षेत्रका लागि यस बर्ष १ करोड बिमामा छुट्याएको बताउदै महिलाहरु नै जाग्न अनुरोध गर्नुभयो। एक परिवारमा ३ हजार ५ सय लाग्ने स्वास्थ्य बिमामा १ हजार मात्र तिर्नु पर्ने र बाँकी पालिकाले २ हजार ५ सय तिरिदिने ब्यबस्था गरेपनि हाल सम्म सोचे जस्तो स्वास्थ्य बिमा नगरेकोले बिधालय मार्फत  सचेतनाका लागि समेत ध्यान केन्द्रित गर्नुभयो।

अध्यक्ष थापा मगरले स्वास्थ्य क्षेत्रमा सरकारले वितरण गरेको नि:शुल्क औषधि बाहेक शुल्क लाग्ने औषधिमा समेत ५० प्रतिशत पालिकाले छुटको ब्यबस्था गरेको बताउनुहुदै स्वास्थ्य र शिक्षामा बुढीगंगा ठुलो फड्को मारेको समेत उल्लेख गर्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *