सुकुना माविमा नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास बुधबारबाट सुरू

एलएन गच्छदार

भर्खरै आइसिटी अवार्ड जित्न सफल देशकै नमुना र अब्बल विद्यालयको रुपमा प्रतिष्ठा कमाएको सुकुना माध्यमिक बिद्यालयले आफ्नो बहुप्रतीक्षित नमुना संयुक्त राष्ट्र संघ अभ्यास कार्यक्रमको  उद्घाटन गरेको छ।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा- १० मा रहेको सुकुना माविका सुकुना मोडेल युनाइटेड नेसन विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रममा कक्षा ९ देखि कक्षा १२ सम्मका १ सय भन्दा बढी बिद्यार्थी  प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेका छन  । 

कार्यक्रममा प्रमुख अतिथि व्यवाथापन समिती अध्यक्ष मातृक्क प्रसाद ढलालको सम्मानजनक उपस्थिति रहेको थियो । सहभागी प्रतिनिधिहरुलाई प्रेरणादायी शब्दहरु मार्फत हौसला प्रदान गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका छ्न ।  सो नमुना संयुक्त राष्ट्र संघको बैठक कार्यक्रम ३ दिन सम्म चल्नेछ।

प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतका अनुसार नमुना संयुक्त राष्ट्र संघको अभ्यासले नेपाली युवालाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउछन ।

विद्यार्थीहरूलाई कक्षाकोठा र किताबका सीमित दायराहरूभन्दा बाहिर ल्याई विद्यार्थीहरूको जीवनोपयोगी विभिन्न सीपहरू विकास गर्न, उनीहरुको दृष्टिकोण र ज्ञानको क्षितिज फराकिलो बनाउन र विश्वव्यापी समस्या र तिनका समाधानमा अर्थपूर्ण रूपमा योगदान दिनको लागि एउटा महत्वपूर्ण अवसर सिर्जना गर्ने प्रध्यानाध्यापक बस्नेतले बताए। 

 Model United Nations (MUN) संयुक्त राष्ट्र संघ र यसका विभिन्न अङ्ग र समितिहरूको गतिशील नमुना हो । नमुना अभ्यासका क्रममा काठमाडौँबाट प्रशिक्षण गराउन र निर्णायक भूमिका निर्वाह गर्न आएका कानुनका बिधार्थी सिद्धार्थ गौतमले उपत्यका बाहिर यसको बारेमा जानकारी गराउन र अभ्यास गर्न आइपुगेको बताउछन। 

विभिन्न राष्ट्रहरूका प्रतिनिधिहरूको भूमिकालाई मूर्तरूप दिँदै विद्यार्थी प्रतिनिधिहरूले वास्तविक विश्वका मुद्दाहरूमा रहेका समस्याका समाधानहरू समेत पहिल्याउनेछन् भने  सुकुनामा माविमा प्रशिक्षण गराउन आइपुगेका बेनु खड्काले देशविदेशको अन्तराष्ट्रिय सम्बन्धको बारे जानकारीका साथै नेतृत्व क्षमतामा समेत बिकास हुने हुँदा यस्ता नमुना अभ्यास गराउदै आएको बताए। 

सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थी प्रतिनिधिहरूले निशस्त्रीकरण र अन्तर्राष्ट्रिय सुरक्षा समिति  विश्वका विभिन्न समसामयिक जल्दाबल्दा बिषयमा घनिभूत रुपमा छलफल हुने सहायक प्रध्यानाध्यापक राजेन्द्र गिरीले बिश्वास लिएका छन्  ।

 दिगो विकास लक्ष्य, जलवायु कार्य , गरिवी निवारण , बेरोजगारी, भोकमरी, विश्व शान्ति लगायत साझा विषयमा छलफल गरिने साथै किताबी ज्ञान मात्र सिमित नराखी प्रयोगात्मक ढंगले बुझाउन आयोजना गरिएको आयोजक तर्फबाट  बिशाल तिम्लिसिनाले  जानकारी दिएका छन । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *