परोपकार महिला समाजको आयोजना उदघोषण तालिम समापन
सुन्दरहरैंचा
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा १ मा ५ दिने उदघोषण तालिम सम्पन्न भएको छ।
परोकार महिला समाजको आयोजनामा वडा १ को आर्थिक सहयोगमा उक्त समापन कार्यक्रम समपन्न भएको हो।


उक्त तालिम समापन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका नगर प्रमुख केदार प्रसाद गुरागाईंले कार्यक्रमलाई सम्बोधन गर्दै प्रशिक्षार्थीहरुलाई शुभकामना दिएका थिए। नगरप्रमुख गुरागाईंले तालिम लिएर मात्र हुँदै यसलाई ब्यबहारिकर रुपमा लिनु पर्ने जोड दिए। साथै प्रशिक्षार्थी सफल हुनु भनेको प्रशिक्षक सफल हुनु हो भन्दै यो एउटा अभ्यास समेत भएको भन्दै आफ्नो कला र क्षमताको प्रदर्शनले समाजमा रचनात्मक भुमिका खेल्न सकिने बताए।

दलित समुदायलाई लक्षित गरिएको उक्त क्षमता बिकास तथा उदघोषण तालिमको प्रशिक्षण भने सप्तकोशी एफएमका प्रस्तोता एलएन गच्छदारले सहजीकरण गरेका थिए।
कार्यक्रममा पुर्वान्चल विश्वबिधालय सिनेट सदस्य भगवती पौडेलले सिकेका सिपलाई ब्यबहारमा उतार्न सके मात्र तालिमको औचित्य हुने कुरामा जोड्दै सहभागी प्रशिक्षार्थीलाई सफलता शुभकामना दिइन।

साथै उदघोषण तालिमा सहभागी भएका मध्ये प्रजवल रणपाल, मनिषा महरा र सुनिल उराँवलाई उत्कृष्ट उदघोषकको रुपमा घोषणा गर्दै मायाको चिनोले सम्मान गरेको थियो।
सो वडाका अध्यक्ष राम बिश्वासले आगामी दिनमा दलित समुदायलाई मात्र होइन अब सबैका लागि यस किसिमको तालिम आवश्यक रहेको भन्दै थप बजेट बिनियोजन गर्ने बताए।

संस्थाकी अध्यक्ष निरु बंजगाईंले संस्थामा प्रवेश हुने नयाँ सदस्यलाई स्वागत गर्दै, कार्यक्रम उपलब्धिमुलक रहेको र आयोजक सदस्य , प्रशिक्षक , वडा कार्यालय लगायत उपस्थित संघसंस्थाका प्रतिनिधि तथा सहयोगी निर्वाह गर्ने प्रति अभार ब्यक्त गरिन।
उक्त समापन तालिममा कार्यक्रम संयोजक चन्द्रा कार्कीले स्वागत मन्तव्य गरेकी थिइन भने संस्थाकी सचिव होमकुमारी बिकले तालिम संचालन गरेकी थिइन।
समापन कार्यक्रममा वडा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

