तालिमको नाममा भएको फजुल खर्च कटौती गरी शिक्षा क्षेत्रमा लगानी गर्ने – नगरप्रमुख केदार प्रसाद गुरागाईं
एलएन गच्छदार
सुन्दरहरैंचा
जेष्ठ १८ गते
सुन्दरहरैंचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईंले समाजिक क्षेत्रमा छुट्याएको बजेटलाई अगामी बजेटमा कटौती गर्दै ५० प्रतिशत रकम बिद्यालयलाई छुट्याउने बताएका छन ।
सो नगरको वडा ३ मा रहेको त्रिजुगा माध्यमिक बिधालयले आयोजना गरेको पुरस्कार वितरण एवम शिक्षक स्वागत तथा सम्मान कार्यक्रमलाई सबोधन गर्दै समाजिक बिकासका नाममा विभिन्न तालिम लगायत कार्यक्रममा गरिने फजुल खर्चलाई कटौती गरिने बताए ।
नगर प्रमुख गुरागाईंले झन्डै १२ वटै वडामा २ करोड समाजिक बिकासका नाममा खर्चिएको भन्दै अगामी बजेटमा कटौती गर्दै सो क्षेत्रको ५० प्रतिशत बजेट शिक्षा क्षेत्रमा खर्चिने उल्लेख गरे।
विभिन्न तालिमका नाममा खाजा नास्ता, सहभागी भत्ता र प्रशिक्षक भत्तामा फजुल खर्च हुँदै आएकोमा त्यस्ता खर्च कटौती गरिने बताए।
