हाइवे निर्माणको क्रममा गाेठगाउँको मालती खोला पुलमा शंकास्पद वस्तु फेला
सुन्दरहरैंचा / पौष २५ गते
एसियन हाइवे निर्माणको क्रममा शंकास्पद वस्तु फेला परेको छ। मोरङको नगरपालिकासुन्दरहरैंचा – ७ स्थित मालती खोला पुलमा शंकास्पद वस्तु फेला परेको भन्ने अपुष्ट खबर आएको मोरङका प्रहरी प्रमुख नारायण प्रसाद चिमरीयाले जानकारी दिए।
प्रहरी प्रमुख चिमरीयाका अनुसार हाइवे निर्माणको क्रममा केहि शंकास्पद वस्तु होकी भन्ने सूचना आएकाले अहिले नेपाली सेनाको टोली परिचालन गरिएको बताए। उनले द्धन्द्ध कालमा लुकाएर राखेको केहि डिवाइस हुन् सक्ने बताए। अहिले सडक बन्द गरेर बैकल्पिक बाटो व्यवस्था गरी नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अनुसन्धान गरिरहेको छ।
करिव १० दिन अघिमात्र सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको थियो। सेनाको टोलीले उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाए थियो।
