नेपाली सेनाद्वारा सुन्दरहरैचाको मालती पुल नजिक राखिएको विस्फोटक उपकरण निष्क्रिय

नेपाली सेनाले विस्फोटक उपकरण आइईडी निष्क्रिय परेको छ।

मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ७ स्थित महेन्द्र राजमार्गको मालती पुल नजिक आइईडी (विस्फोटक उपकरण) रहेको खबर प्राप्त हुनासाथ परिचालित नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त स्थानमा गई खोजतलास गर्दा चार वटा ग्यास सिलिन्डर फेला पारेको थियो।

जसमध्ये २ वटा सिलिन्डरमा आइईडी रहेको यकिन भएपछि नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *