सुन्दरहरैंचामा जनताले गरे शिक्षक सम्मान

एलएन गच्छदार
जेष्ठ १८ गते।

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको जनता माध्यमिक बिद्यालयले पुरस्कार बितरण एवम शिक्षक स्वागत तथा सम्मान  कार्यक्रम सम्पन्न गरेको छ।

नगरप्रमुख केदार प्रसाद गुरागाईं प्रमुख अतिथि रुपमा रहेको उक्त कार्यक्रममा बिगत लामो समयदेखी अध्यापनरत १२ जना उत्कृष्ट  शिक्षकलाई सम्मान गरिएको थियो।


साथै कक्षागत पहिलो दोस्रो र तेस्रो हुने बिद्यार्थी , अत्यन्त अनुशासित, दैनिक  कक्षामा उपस्थित हुने बिद्यार्थीलाई पुरस्कृत गरिएको जनता माविका प्रध्यानाध्यापक होमबहादुर भण्डारीले बताए।

नगरप्रमुख केदार प्रसाद  गुरागाईंले सिकाई उपलब्धिलाई रचनात्मक रुपमा भुमिका निर्वाह गर्नुपर्ने भन्दै शिक्षक उच्च मनोबल बढाउन यस्ता कार्यक्रमले प्रोत्साहन मिल्ने कुरामा बिश्वस्त रहदैं अभिभावक , शिक्षक र बिद्यार्थी बिच त्रिपक्षीय समन्वय भए मात्र उपलब्धि सिकाई हुने बताए। 

नगर प्रमुख गुरागाईंले  हालको शिक्षामा परिवर्तन भएको भन्दै अन्तरक्रियात्मक तवर पठन पाठन गर्नुपर्ने र   शिक्षकले मात्र होइन अभिभावकले सबैभन्दा बढी आफ्ना नानीलाई निगरानी गर्नुपर्ने  र सकारात्मक वातावरणमा पठनपाठन गराउनु पर्ने सुझाव प्रस्तुत गरे।

प्राध्यानाध्यापक भण्डारीका अनुसार ४ सय ७४ जना बिद्यार्थी अध्यनरत छन।  प्रबिधि तर्फ बिज्ञान प्रयोगशाला  रहेको , स्थानीय देखि प्रदेश र संघबाट धेर थोर बजेटबाट भवन निर्माण थपिने कार्य हुँदै गएको छ भने पर्याप्त कक्षा कोठा नभएको भन्दै सो को लागी नगरप्रमुखलाई थप ४ कोठे भवन निर्माणका ध्यानाकर्षण गराए।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शोभितमान पौडेल कार्यक्रमको सभाध्यक्षता ग्रहण गरेका थिए। अध्यक्ष बस्नेतले बिधालयको शैक्षिक गुणस्तर र पुर्वाधार बिकासलाई अगाडी बढाउने र नमुना बिधालयको रुपमा स्थापित गर्ने महत्त्वपूर्ण बिषयमा जोड दिए।

उक्त कार्यक्रममा बिभिन्न अक्षयकोषबाट छात्रवृत्ति बितरण तथा सांस्कृतिक विविध कार्यक्रम समेत गरिएको थियो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सो बिधालयलाई रु. ४ लाख बजेट बिनियोजन गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ