प्रथम बलिया महोत्सव आज शुक्रबारबाट सुरु
मोरङको सुन्दरहरैँचामा प्रथम बलिया महोत्सव आज शुक्रबारबाट सुरु हुदैछ । लागू औषध दुर्व्यसनी मा फसेका व्यक्तिहरूलाई सहयोग जुटाउने उद्देश्यले गरिएको उक्त कार्यक्रम समुदघाटन भने सुन्दरहरैचा नगरपालिका नगरप्रमुख केदार प्रसाद गुरागाईंले गर्ने आयोजकले जनाएको छ।
मिलीजुली परिवारको आयोजना र ग्लोबल ड्रिम्स म्यानेजमेन्ट प्रा. लि.को व्यवस्थापनमा लागू औषध दुर्व्यसनी मा फसेकाहरूलाई पुनः स्थापनामा जोड दिँदै महोत्सवको आयोजना गर्न लागिएको आयोजक समितिका संयोजक अमर लिम्बुले जानकारी दिए ।
महोत्सवमा विभिन्न स्थानीय तथा मौलिक परिकारका स्वादिष्ट खानाका स्टल राखिने साथै महोत्सवलाई मनोरञ्जनात्मक र रोचक बनाउन विभिन्न किसिमका खेलहरू समावेश गरिने, महोत्सवमा हरेक दिन विभिन्न विधाका प्रतिष्ठित, सामाजिक र महत्त्वपूर्ण व्यत्तित्वहरु आउने बताइएको छ ।
महोत्सवमा करिब ४० देखि ५० वटा स्टलहरू रहने र हरेक दिन सांस्कृतिक प्रस्तुति रहने जानकारी दिए । महोत्सवमा हरेक दिन करिब दुई हजार देखि चार हजारसम्म दर्शकको उपस्थिति रहने आयोजकको अनुमान छ ।
मेलाका आकर्षणहरु रोटेपिङ,नाउरेस, मिकि माउस, बच्चाका खेलाउमा आइटमस लगायत विभिन्न मनोरञ्नात्मक खेलहरु, साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती संगै प्रमोद खरेल, कमल खत्री, निसान भट्टराई रचना रिमाल, अस्मिता अधिकारी, मेलिना राई, ज्योती मगर, प्रिति आले, तृष्णा गुरुङ, लाहुरे, जिवब, सपन सुमन लागायत राष्ट्रिय ख्यातिप्राप्त तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
वडा ५ बलियामा जेठ १९ गते देखि असार ५ गतेसम्म व्यापारी महोत्सव आयोजना हुन लागेको हो ।




