महेश बुढाथाेकीकाे ‘राम साँईली’ सार्वजनिक

महेश बुढाथाेकीकाे ‘राम साँईली’ सार्वजनिक
पथरी शनिश्चरे समाचारदाता, माघ-२० गते
लोकप्रिय गायक महेश बुढाथोकीको ‘राम साँईली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । पूस अन्तिममा छायांकन गरिएको मगर समुदायको हुर्रा भाकाको गीतलाई म्युजिक नेपालले सार्वजनिक गरेकाे हाे ।

बुढाथोकीका ‘काफल गेडी कुटुक्कै….’, ‘होस गर है सोल्टिनी…..’, ‘हलो अड्काउँदै…..’ जस्ता गीतहरू चर्चित छन् । तिनै लोकप्रिय गीतहरूबीच उनले हुर्रा भाकाको ‘राम साँईली’ पनि दर्सक श्राेता माझ आएकाे छ । गीतमा उनलाई बबिना भट्टराईले साथ दिएकी छन् । शब्द, भाका संकलन स्वयं बुढाथोकीले गरेका हुन् भने संगीत एरेन्ज अशोक राईले गरेका छन् ।

भिडियोमा कलाकारहरू बादल श्रेष्ठ, निशा श्रेष्ठ, भीमल मगर, अर्जुन जम्नेली राई, मुरारी आचार्य, मोहन विक्रम दाहाल, मंजु मगर, कुमारी मगर, तारा मगर आदिको अभिनय देख्न पाईने छ ।

म्युजिक भिडियोलाई सुमन तामाङले छायांकन, अशोक मण्डलले श्रृङ्गार, हेमन्त तामाङले सम्पादन, पुजा तामाङ नृत्य कोरियोग्राफी गरेकी छिन् भने भिडियाेलाई ईश्वर दुलालले निर्देशन गरेका हुन् ।

भिडियाे:

Leave a Reply

Your email address will not be published. Required fields are marked *