ग्रामथान गाउँपालिका उप निर्वाचन बिशेष:

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनको मतपेटिका संकलन धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ । उक्त पालिकामा १८ हजार ५७७ मत खसेको छ । सहायक निर्वाचन अधिकृत रामराजा पौडेलले ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको बताए ।

ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदानस्थलका २९ मतदान केन्द्रमा मतदान भएको थियो । आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजे सकिएको थियो । शान्तिपूर्ण रूपमा मतदान सकिएको मोरङ प्रहरीले जनाएको छ ।

निर्वाचनमा १५ जना विभिन्न दलबाट र १ जना स्वतन्त्रसहित १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट विजयी भएका जयप्रकाश गच्छदारको गत असारमा मृत्यु भएपछि उपनिर्वाचन चुनाव हुने भएको हो । १६ जनाको उम्मेदवारी परेपनि मुख्य तीन राजनीतिक दलबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेसका बलराम सरदार, एमालेका तुलसीराम विश्वास, माओवादी केन्द्रका नमोनारायण माझीबिच मुख्य चुनावी प्रतिस्पर्धा देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *