८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्ने !
८४ अघि नै राप्रपाले देशको नेतृत्व गर्नसक्ने
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताउनु भएको छ ।
आइतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताउनु भएको हो ।
लिङ्देनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताउनु भयो। उहाँले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै अब मुलुकको नेतृत्व लिने समय आएको बताउनु भयो।
उहाँले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दावी गर्नुभयो।
उहाँले नेपाली कांग्रेस—नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताउनु भयो।
🙏🕉🟧🇳🇵




