अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न
महिला आवाज voice of women को आयोजनामा सुन्दर हरैजा ११ नम्बर वार्ड को शुक्रबारे स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष सीता भट्टराई कडरिया ले गर्नुभएको थियो भने सञ्चालन सचिव कल्पना घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि सुन्दर हरैचा कि उपमेयर श्री अकली चौधरी विशिष्ट अतिथि महेन्द्र माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष वडा सदस्य विशाल राई माइती नेपालकी सचिव दीपा अधिकारी स्थानीय समाजसेवी मोहनलाल श्रेष्ठ लगायत विभिन्न संघसंस्था का प्रतिनिधिहरू लाई अतिथिको रुपमा आमन्त्रण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अकली चौधरीले नगरले तीन चरणमा कार्यक्रम सम्पन्न गरेको तर विभिन्न धेरैवटा संस्था ले आयोजना गरेको भन्दा विशिष्ट र भव्य महिला आवाजले आयोजना गरेको कार्यक्रम भएको भन्दै महिला आवाजप्रति धन्यवाद तथा आभार प्रकट गर्नुभयो। क्रममा जनप्रतिनिधि विद्यालय व्यवस्थापनका समिति र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले शुभकामना राख्नुभएको थियो भने कार्यक्रमको मुख्य सहजीकरण समाजसेवी रुद्रबहादुर तामाङज्यूले गर्नुभएको थियो।
सहजीकरणकै रुपमा महिला आवाजकी सदस्य सानु कार्की बस्नेतले संविधानमा उल्लेख गरेका कानुनी मान्यताहरूको विषयमा प्रष्ट पार्नुभएको थियो।
२०० भन्दा माथि विद्यार्थी र स्थानीय महिला दिदीबहिनीहरूको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष सीता कडरियाले महिला आवाज सम्पूर्ण कुना कन्दरामा लुकेर रहेका सामाजिक तथा घरेलु हिंसा का विरुद्धको अभियान रहेकोले यस अभियानमा सहभागी हुन साथ दिन सबै महिला दिदीबहिनीहरूलाई आह्वान गर्दै बाल हिंसा अन्तर्जातीय विवाह जस्ता केसहरूमा सशक्त आवाज उठाएर आफ्नो काम अगाडि बढाउँदै गरेको तर स्थानीय निकायबाट भने कुनै सहयोग नभएको स्फुर्त रूपमा एकआपसमा सहयोग उठाएर हामीले यस्ता सेवाका कामहरू गर्दै आएको बताउनुभएको थियो। अझै हामीले १६ दिने अभियानभित्र मात्रै होइन ३६५ दिनै कुनै न कुनै रुपमा विद्यालय र विपन्न बस्ती मा जनचेतनामूलक अभियान चलाइरहने र सीपमूलक तालिमहरूको पनि व्यवस्थापन गर्ने बताउनुभएको थियो।
सहजकर्ता रुद्रबहादुर तामाङले अबको १० वर्षपछि हरेक क्षेत्रमा ५०-५०% महिलाहरूको सहभागिता कायम गर्न महिलाहरू आफैं सशक्त रुपमा जाग्नुपर्ने बताउनुभयो। भने संस्थाकी सचिव कल्पना घिमिरेले हामीसँग हाम्रो संस्थासँग अधिवक्ता देखि लिएर विभिन्न पेशामा आबद्ध भएर आफ्नो जीवनयापन आफै गर्दै आफ्नो खुट्टामा उभिन सक्ने महिलाहरूको सहभागिता रहेको बताउनुभयो। संस्थाकी सहसचिव दिपा विश्वकर्मा। ले आफूले चलाउँदै आएको दिपा टेलर्समा आफैले मेहनत साथ बनाउनुभएको रबर विद्यार्थी भाइबहिनीहरूलाई उपहार स्वरूप वितरण गर्नुका साथै मेहनत गर्दा नहुने केही छैन भन्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा स्थानीय युवा तथा भजन किर्तन समूह र पन्चेबाजा टोली समेतको सहभागिता रहेको थियो।
महिला आवाजले एकजना अपाङ्गता भएका व्यक्तिलाई र एकजना एकल महिला सफारी चलाएर आफ्नो जीवनयापन गरिरहेकी महिलालाई समेत सम्मान यही रकम र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
