बेलबारी खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव-२०८१ आयोजना हुने
एलएन गच्छदार / सुन्दरहरैंचा
जातजाति, भेषभूषा, भाषा, धर्मसंस्कृतिको सङ्गम थलो मिश्रित जातजातिहरुको बसोवास रहेको र खेलकुद लगायत सबै प्रकारका प्रतिभाहरुलाई समान तवरले उजागर गर्न/गराउने उद्धेश्यले बेलबारी खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव-२०८१ आयोजना हुने भएको छ।
मोरंगको बेलबारी नगरपालिका वडा ११ मा एल. एक्स. सिटी फुटबल क्लबको आयोजना सो मोहत्सव हुन्लागेको कार्यक्रम संयोजक नुतन लिम्बु (मादेन)ले पत्रकार सम्मेलन गर्दै जानकारी गराएका छन।
शनिबार भएको पत्रकार सम्मेलनमा जानकारी गराउदैं मादेनले विशिष्टता र गरिमा भएकोले समय-समयमा खेलकुद सङ्गीतकला, साहित्यको संरक्षण, प्रवर्द्धन लगायत अन्य विधागत प्रतिभाहरुलाई समेत तिखार्ने बताए । मंसिर १७ गतेदेखि संचालन हुने खेलकुद प्रवर्द्धन तथा सांस्कृतिक महोत्सव-२०८१ स्थानीय कलाकारको प्रतिभा प्रष्फुटन गर्ने वातावरण सिर्जना गर्नु, स्थानीय जातजातीको खानपानको विशेषता चिनाउनु, बेलबारीलाई नेपालमै चिनाउन मद्धत गर्नु, जातजातीका झांकी सहितको सांस्कृतिक कार्यक्रम गरि सबैलाई परिचित गराउनु, स्थानीय खेलकुद प्रवर्द्धन तथा व्यवसायको स्तर वृद्धि गर्नु, बेलबारी नगरको पर्यटकीय स्थललाई परिचित गराउने उद्देश्यका साथ महोत्सव आयोजन गर्न लागिएको जानकारी गराए।
महोत्सवमा देशका चर्चित र ख्यातीप्राप्त कलाकार र व्याण्डहरुको दैनिक प्रस्तुति रहने छ । सुरक्षा प्रबन्धको लागि स्थानीय इलाका प्रहरी कार्यालय बेलबारी, पथरी लगायत जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी वेशक्याप्म लक्ष्मीमार्ग, बाहुनी, भाउन्ने प्रहरी तथा डागीहाट प्रहरी चौकी र स्थानीय यूवा क्लवहरुसँग समन्वय र समझदारी गरिने छ। महोत्सवमा ६५ लाख खर्च हुने र ७० लाख आम्दानी हुने अनुमान गरिएको छ। प्राप्त आम्दानीवाट विभिन्न सामाजिक कार्यहरु गरिने समेत जानकारी गराउँछौं। यो महोत्सबलाई सम्पूर्ण सञ्चारकर्मी मित्रहरुले आफनो लोकप्रिय मिडिया मार्फत प्रचारप्रसार गरी सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा लिएका पत्रकार सम्मेलनमा जानकारी गराएका छन।





