नेशनल प्याब्सन जिल्ला कार्यसमिति मोरंगको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने
एलएन गच्छदार
माघ १६ गते शहिद दिवसको अवसरमा नेशनल प्याब्सन जिल्ला कार्यसमिति मोरंगको आयोजनामा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम हुने भएको छ । विद्यार्थी पहिचान तर्फ आधारभुत तथा माध्यामिक तह स्तरिय चित्रलेखन, हस्तलेखन, विज्ञान प्रदर्शनी र लोक नृत्य प्रतियोगिता समवेश हुने भएको छ।
मोरंग सुन्दरहरैंचा नगरपालिका वडा -८ मा रहेको दुर्गादेवी स्मृति कवर्ड हलमा आइतबार पत्रकार सम्मेलन गर्दै मोरंग जिल्ला अध्यक्ष नारायण ढकालले सो बिषयमा जानकारी दिएको हो । सो पत्रकार सम्मेलनमा फागुनको अन्तिम तिर नेशनल प्याब्सन जिल्ला स्तरीय फुटबल र भलिबल प्रतियोगिता संचालन गर्ने बताउदै निकट भबिश्यमा बालबालिका अन्तरनिहित क्षमतालाई बिकास गर्न अन्य थप रचनात्मक कार्यक्रम गर्ने बताए।
प्रतियोगिताका बिजयी टिमलाई ट्रफी, मेडल, सर्टिफिकेटका साथै नगद पुरस्कारको समेत व्यवस्था गरिने छ भने सो बिधार्थी प्रतिभा पहिचान कार्यक्रममा ५० भन्दा बढी नेशनल प्याब्सनमा आबद्ध बिधालयको सहभागी रहने कोशी प्रदेश सहसचिव कमल खनालले बताए।
