पथरी शनिश्चरेमा दोस्रो वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिता

पथरी शनिश्चरेमा दोस्रो वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगिता : शनिबार वडा नं १ र ४ ले ३ /३ अंक जोडे
पथरिशनिश्चरे,माघ-१३ गते
मोरङको पथरी शनिश्चरे वडा नम्बर -२ को सहयोग र देवीगञ्ज फुटबल क्लबको आयोजनामा सञ्चालन भइरहेको दोस्रो वडास्तरीय भेट्रान्स फुटबल लीग प्रतियोगिता अन्तर्गत आज वडा नम्बर १ र ४ विजय भएका छन्।
पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन भएको निकै प्रतिस्पर्धात्मक लीगमा वडा नं १ ले वडा नं २ लाई ४-२ को अन्तरमा पराजित गर्दै विजय हासिल गरेको हो ।
‘ ए’ डिभिजन खेलि सक्नुभएका वडा नं १ स्थायी बासिन्दा खेलाडी दीपक राईले समेत आफ्नो खेल कौशलता प्रस्तुत गर्नुभएको थियो।
वडा नम्बर १ का खेलाडी अमीर राई लीगको पहिलो खेलमा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । यो जितसँगै जारी लिगमा वडा नं १ ले ३ अंक जोडेको छ।
यसैगरी, वडा नं ४ र ७ बिच भएको सनसनीपूर्ण भिडन्तमा वडा नं ४ का सूर्य परियार एक्लैले ह्याट्रिक गर्दै वडा नं ०७ विरुद्ध ३-१ को अन्तरले विजय तुल्याए ।आजै भएको दोस्रो खेलमा वडा नं ४ का सूर्य परियार म्यान अफ द म्याच घोषित भए। यो जित सँगै वडा नं ४ ले ३ अंक जोड्न सफल भएको आयोजकले जनाएको छ।
उक्त अवसरमा वडा नम्बर २ का वडाध्यक्ष नैना राई, वडा नं -४ का वडाध्यक्ष लोक किरण न्यौपाने, वडा नम्बर २ का वडा सदस्यहरू क्रमशः चन्द्रकुमार राई र खिलनाथ घिमिरे , खेलसँग सम्बन्धित विभिन्न संघ-संस्थाहरुका प्रतिनिधि तथा खेलप्रेमी दर्शकहरूको पनि उपस्थिति रहेको थियो।
लीगको नियम अनुसार खेलाईएको उक्त प्रतियोगिताका पहिलो र दोस्रो स्थान हासिल गर्ने वडा फुटबल टिमहरूलाई क्रमश ५१ हजार नगदसहित मेडल ट्रफी प्रदान गरिने वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *