ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा बिधार्थी सिकाई क्षमता अभिवृद्धि
एउटै कक्षाकोठाका सबै विद्यार्थीको सिकाइ क्षमता, इच्छा, रूचि र मानसिक तत्परता एकै हुँदैन। उनीहरूको बौद्धिक क्षमता पनि बराबर हुँदैन।
एउटा शिक्षकले कक्षाकोठाका सबै विद्यार्थीले उच्चस्तरको सिकाइ उपलब्धि हासिल गर्ने गरी पढाउनु गाह्रो काम हो तर एउटा निश्चित उपलब्धि हासिल गर्ने स्तरमा पुर्याउनै पर्छ। यसो गर्नु शिक्षकको दायित्व हो। मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा अध्यरत प्ले ग्रुपका बालबालिकाका प्रस्तुतिकरण अभिभावक समक्ष प्रस्तुत गरेका छन।
साथै र प्ले ग्रुपका बालबालिकाले अभिभावक समक्ष हेल्दी फुड, जंक फुड, सुटकेस आईटम, ट्राफिक नियम लगायतको विषयमा प्रस्तुत गरेका छन्।
