नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम

एलएन गच्छदार / सुन्दरहरैंचा
इनर ह्वील क्लब अफ पाटनको आयोजना नि:शुल्क आँखा शिविर तथा मोतियाबिन्दु शल्यक्रिया कार्यक्रम सम्पन्न गरेको छ। माट्रीका आँखा केन्द्रको प्राविधिक सहयोग र इरुवा नगरपालिका तथा जिल्ला अस्पताल इनरुवाको समन्वयमा सो कार्यक्रम संचालन भएको भएको थियो। बिपन्न, अस्पताल सम्म नपुगेका र ग्रामिण भेगका समुदायलाई निःशुल्क आँखा जाँच, औषधोपचार वितरण गर्दै आएको छ । शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामीलाई आवश्यकताका आधारमा केन्द्रमा ल्याएर समेत उपचार गर्ने गरिएको थियो । सुनसरी जग्गा तथा आवास बिकास संघ र डीएन ग्रुप अफ कम्पनीको संयोजन गरेको सो कार्यक्रममा आखाँ सम्बन्धि समस्या भएका व्यक्तिहरुलाई
उपचार गर्ने र अपरेशन गर्नु पर्ने त्यस्ता खालका बिरामीलाई नि:शुल्क कोशी आँखा अस्पताल गर्ने गरेको सुनसरी जग्गा तथा आवास बिकास संघका अध्यक्ष नेत्र चौलागाईंले बताए। पैसा अभाव बिना आखाँ उपचार गर्न नसकेका आमाबुवालाई सहयोग गर्न पाउँदा गर्व गर्दै चौलागाईंले यस्ता सामाजिक बिभिन्न संघसंस्थासंग सहकार्य कार्य गर्दै काम गरेको बताए।
सो शिविर २ दिन सम्म संचालन भएको थियो भने कोशी आँखा अस्पतालका निर्देशक नेत्र रोग बिशेषज्ञ तथा सर्जन डा. प्रमोद शर्मा गौतमले करिव ४ सय भन्दा बढीले स्वास्थ्य लाभ लिएको र १३१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताए।

स्थानीय संचारकर्मी कृष्ण यादवका अनुसार सामाजिक उतरदायित्व अन्तर्गत लोककल्याणकारी कार्य, र बिराटनगर र लहान जानुपर्ने झन्झटिलोलाई कम गर्दै उदाहरनिय कार्य गरेको बताए।

आफ्ना बुवा शंकर मण्डलको आखाँ परिक्षण गर्न शिविरमा आइपुगेका स्थानीय मनोज मण्डल समाज गरेको यस्ता किसिमको कार्यक्रमले गरिवी र बिपन्न मा पिल्सिएका समुदायको लागी राम्रो काम गरेको प्रति प्रंशसा गरे।
प्राबिधिक सहयोग गरेका मात्रिका आइ सेन्टर बानेश्वरका व्यपस्थापन समाह्लेका कल्याण डुंगानाले शिविरमा धेरै आखाँका बिरामी बुवाआमालाई मोतियाबिन्दु रहेको बताए।

इनर ह्वील क्लब अफ पाटनका अध्यक्ष बिजय लक्ष्मी शाक्यले आफ्नो संस्थाको बारेमा जानकारी गराउंदै संस्थाले बिशुद्ध सामाजिक क्षेत्रमा काम गर्दै आएको बताउदै समाज संग जोडिएको प्रमुख विषय शिक्षा र स्वास्थको दुर्गम क्षेत्रमा यस्ता कार्यक्रम गर्दै आएको बताईन।
इनर ह्वील क्लबले आयोजना गरेको सो कार्यक्रमको तारिफ गर्दै स्थानीय राजनीतिकर्मी तोया गिरी पोदारले ग्रामीण भेगका बिपन्न समुदायलाई दिएको सेवा प्रति आभार प्रकट गरिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *