सगरमाथा हिमाल दर्शन ब्रोडिङ्ग स्कूलको स्पोर्ट्स मिट कार्यक्रम भव्य रूपमा सुरु

एलएन गच्छदार / सुन्दरहरैंचा

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -३ मा रहेको सगरमाथा हिमाल दर्शन ब्रोडिङ्ग स्कूलको स्पोर्ट्स मिट कार्यक्रम आज सोमबारदेखि भव्य रूपमा सुरु गरेको छ।
स्कुल प्राङ्गनमा औपचारिक कार्यक्रम गर्दै बार्षिक कार्यक्रम योजना अनुरुप कार्यक्रम गरिएको छ। प्याब्सन केन्द्रीय सचिव हेमन्त कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको सो कार्यक्रममा बिधार्थीको शारीरिक स्वास्थ्यको सुधार, मानसिक स्वास्थ्यको लाभ,अनुशासन र समय व्यवस्थापन, टीमवर्क र नेतृत्व गुण बिकास हुने हेतुले आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्याब्सन केन्द्रीय सचिव हेमन्त कार्कीले दीप प्रज्वलन साथै रिवन काटेर गर्नुभएको थियो।
प्याब्सन सचिव कार्कीले स्पोर्टस मिट उद्घाटन समारोहमालाई सम्बोधन गर्दै खेलले दैनिक जीवनलाई रमाइलो बनाउने मात्र होइन, स्वस्थ जीवनशैली अपनाउन पनि प्रेरित गर्ने बताउदै खेलकुदले नियमित अभ्यास र अनुशासन सिकाउँने र पढाइमा पनि सकारात्मक प्रभाव पार्ने बताउनु भयो ।

विद्यार्थीहरूलाई उमेरका आधारमा समूह विभाजन गरी बिभिन्न खेलमा प्रतिस्पर्धा गराइएको छ। कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ र अन्तिम दिन विजेताहरूलाई पुरस्कार वितरण गरिनेछ। खेलकुदको महत्वलाई जोड दिँदै आयोजना गरिएको यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूमा शारीरिक फिटनेस, अनुशासन र खेल भावना विकास गर्ने लक्ष्य राखेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष, स्थानीय शिक्षाविद्हरू, र अभिभावकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा प्रिन्सिपल बिरेन्द्र खडकाले भने, “खेलकुद मात्र एउटा मनोरञ्जनको माध्यम होइन, यो विद्यार्थीहरूको समग्र विकासका लागि आवश्यक छ। खेलकुदले विद्यार्थीलाई शारीरिक मात्र होइन, मानसिक र भावनात्मक रूपमा सुदृढ बनाउँछ।”

सो अवसरमा नगर प्याब्सन अध्यक्ष दिपक क्षेत्रीले आजको समयमा, पढाइसँगै खेलकुद पनि उत्तिकै आवश्यक रहेको बताउदै विद्यार्थीहरूलाई स्वस्थ रहन र उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले थपे -” सगरमाथा हिमाल दर्शन ब्रोडिङ्ग स्कूलले यसरी वार्षिक खेलकुद कार्यक्रम आयोजना गरेर विद्यार्थीहरूको व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याएको छ, जुन प्रशंसनीय छ।”

स्पोर्ट्स मिट अभिभावक र समुदायका लागि पनि आकर्षण बनेको छ। सहभागी विद्यार्थीहरूको उत्साह र अभिभावकहरूको समर्थनले कार्यक्रमलाई थप जीवन्त बनाएको छ। सगरमाथा हिमाल दर्शन ब्रोडिङ्ग स्कूलको यो प्रयास खेलकुदको महत्व र विद्यार्थीहरूको व्यक्तित्व विकासका लागि प्रेरणादायी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *