विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण 

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । बिहीबार दुईवटा बसबाट रुटमा परीक्षण गरिएको हो । महानगरको सडक र मोडहरूमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षण गरिएको महानगरका कार्यबाहक मेयर शिल्पा निराला कार्कीले जानकारी दिइन् । 

कार्यबाहक मेयर कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला बसमा आफैं चढेर रुटको परीक्षण गरेका थिए । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागिएको कार्कीको भनाइ थियो । 

ज्येष्ठ नागरिक र अपाङ्गताले निःशुल्क आवागमन गर्न पाउनेछन्  । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्यबाहक मेयर कार्कीले जानकारी दिइन् । प्रारम्भिक चरणमा १९ वटा सिटी बस सञ्चालनको तयारी रहेको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *