राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङमा अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ समिति

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मोरङमा अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ समिति

सुन्दरहरैंचा–९ सलकपुरमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति मोरङको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

अधिवेशनले द्वितीय उपाध्यक्षमा टिकाराम घिमिरे, महिला उपाध्यक्षमा बिन्दा राणा, सचिवमा मिलन लुइटेल, सह–सचिवमा सीता चापागाई, कोषाध्यक्षमा लक्ष्मी कार्की र सह–कोषाध्यक्षमा शान्तादेवी भण्डारीलाई सर्वसम्मत चयन गरेको छ।

सदस्यहरूमा गोविन्द खड्का, शोभा जोशी, विनोद अधिकारी, सानु राई, हिरादेवी लुइँटेल, नरेन्द्रकुमार थापा, शर्मिला सिग्देल, भुमादेवी अधिकारी र हेमकुमारी न्यौपाने चयन भएका छन्। २५ सदस्यीय समिति अपूर्ण रहेका पदहरू भूगोल तथा समावेशीताका आधारमा पछि पदपूर्ति गरिने जनाइएको छ।

कार्यक्रममा अतिथिहरूको स्वागत दुर्गा पञ्चायन नौमती बाजा समूहले नौमती बाजाद्वारा गरेको थियो। कार्यक्रममा कलाकारहरूले गीत तथा लाइभ दोहोरी प्रस्तुति दिएका थिए। कार्यक्रम संचालन मिलन लुइटेलले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *