स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याएको योगदानको कदरः सोइना शर्मा ‘जेसीज सम्मान–२०२५’ बाट सम्मानित

स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा पूर्व सांसद डा. सुनिल शर्माकी सुपुत्री तथा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजकी सञ्चालक सोइना शर्मालाई “जेसीज सम्मान–२०२५” प्रदान गरिएको छ। विराटनगर जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ को समापन समारोहमा शर्मा सम्मानित भएकी हुन्।

मानवसेवा, स्वास्थ्य क्षेत्रको विस्तार, व्यवस्थापन र सामाजिक उत्तरदायित्वप्रति उनीद्वारा देखाइँदै आएको प्रतिबद्धताको उच्च प्रशंसा गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

समारोहमा वक्ताहरूले युवा अवस्थामा नै शर्माले देखाएको नेतृत्व क्षमता, इमानदारी र सेवाभाव प्रशंसनीय रहेको उल्लेख गर्दै उनको योगदान समाजका लागि प्रेरणादायी रहेको बताएका थिए। विराटनगरका मेयर नागेश कोइरालाले सो अवसरमा भने, “सोइना शर्माले स्वास्थ्य सेवा क्षेत्रलाई नाफाभन्दा पनि मानवीय संवेदनाको दृष्टिले अघि बढाउनुभएको छ, उहाँको योगदान समाजका लागि उदाहरणीय छ।”

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सामाजिक अभियन्ता, युवा उद्यमी तथा जेसीज सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *