मोरङ–६ मा डा. शेखर कोइराला को पक्षमा बढ्दो जनलहर, घरदैलो अभियान तीव्र

विराटनगर — मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका उम्मेदवार तथा वरिष्ठ नेता डा. शेखर कोइरालाको पक्षमा जनसमर्थन दिनप्रतिदिन बढ्दै गएको दाबी गरिएको छ। कोइरालाले क्षेत्रका २० वटै वडामा चुनावी प्रचार तीव्र पार्दै मतदातासँग प्रत्यक्ष घरदैलो भेटघाटलाई प्राथमिकता दिएका छन्।

स्थानीय स्तरमा स्पष्ट विचार र निष्कलङ्क छवि बनाएका कोइरालालाई अत्यधिक मतले विजयी गराउनुपर्ने धारणा बलियो बन्दै गएको कांग्रेस स्रोतले जनाएको छ। नेपालको शान्ति प्रक्रिया तथा पार्टीभित्रका महत्वपूर्ण चरणहरूमा उनको भूमिका सन्तुलित र राष्ट्रहितमा रहेको भन्दै युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म समर्थनमा उभिएका छन्।

लक्ष्मीनारायण श्रेष्ठ ले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रभावशाली छवि बनाएका कोइराला प्रदेशकै गर्वका नेता भएको बताए। यस्तै उद्धवप्रसाद खड्का ले अनुभवी र विचारले परिपक्व नेतृत्व संसदमा आवश्यक रहेको उल्लेख गर्दै कोइरालालाई जिताउनुपर्ने धारणा व्यक्त गरे।

चुनावी अभियानमा महिला तथा स्थानीय समुदायको सक्रिय सहभागिता देखिएको छ। सुष्मा चौधरीबुधनीदेवी चौधरी लगायत कार्यकर्ता घरदैलो कार्यक्रममार्फत मतदातासँग संवादमा जुटेका छन्। स्थानीय बौद्धिक वर्ग पनि अभियानमा जोडिएको बताइन्छ।

प्रा.डा. कविराज न्यौपाने ले लोकतन्त्रको सुदृढीकरण र संविधानको संरक्षणका लागि कांग्रेसको जित आवश्यक रहेको धारणा व्यक्त गरे। उनका अनुसार स्थायित्व र विकासका लागि राजनीतिक स्पष्टता अपरिहार्य छ।

नेपाली कांग्रेस क्षेत्रीय समिति–६ ले महिला, युवा, ज्येष्ठ नागरिक तथा पेशागत समूहको सहभागितासहित चुनावी कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन भइरहेको जनाएको छ।

चुनाव प्रचारप्रसार समितिका संयोजक तथा क्षेत्रीय सभापति देवराज तामाङ ले हरेक दिन जनसमर्थन बढ्दै गएको दाबी गर्दै कोइराला अत्यधिक मतले विजयी हुने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *