परिवार नियोजन सम्बन्धि सम्बन्धि अभिमुखिकरण

सुन्दरहरैंचा

परिवारनियोजन संघ मोरङ शाखाले अभिमुखिकरण तथा सेवा सम्बन्धि कार्यक्रम सुन्दरहरैंचा नगरपालिका वडामा संचालन गरेको छ।
परिवार नियोजन , प्रजन्न स्वास्थसम्बन्धि जानकारी तथा पाठेघरम हुने क्यानसर सम्बन्धि लगायत बिभिन्न रोगका बारेमा जानकारी र परिवार नियोजन संघले उपलब्ध गर्ने सेवाका बारेमा अन्तरक्रिया गरिएको थियो।

विशेष गरी समाजका महिलाहरुलाई लक्षीत गरेर आयोजना गरीएको कार्यक्रममा परिवार नियोजन संघका मोरङ वरिष्ठ शाखा प्रमुख शंकर प्रसाद दहालले प्रजनन् स्वास्थ्य शिक्षा सम्वन्धि सहजीकरण गरेको थियो ।

समाजको समृद्धिका लागि मानिस स्वस्थ हुनु जरुरी भएकाले रोग लाग्नु भन्दा अगाडी नै भएको सचेतनाका कारण स्वस्थ जीवन जिउँन सकिने सत्य कुरालाई सामुदायिक सिकाई केन्द्र मार्फत व्यवहारमा ल्याउँन खोजीएको सो वडाका अध्यक्ष खेम प्रसाद न्यौपाने बताएका थिए ।

शहर तथा ग्रमीण क्षेत्रमा सहज रुपमा परिवार नियोजनको सेवाप्राप्त गर्न सकिने भएकाले दुरदराजमा पुगेर सेवा दिनुपर्छ,   त्यो काम संघले गर्ने गरेको वडा सचिव हेमान्ता दहालले बताईन।

उक्त अभिमुखिकरण तालिममा  वडाका जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *