अंग्रेजी हस्तलेखन प्रतियोगितामा सुन्दरहरैंचाका हिमालय स्कुल प्रथम
एलएन गच्छदार
(सुन्दरहरैंचा)
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको सुन्दरबाटिका एकेडेमीमा अंग्रेजी तथा नेपाली हस्तलेखन प्रतियोगिता -२०८० सम्पन्न भएको छ।
अंग्रेजी हस्तलेखन प्रतियोगिता तर्फ हिमालय इंग्लिस स्कुलका कक्षा ५ मा अध्यनरत मौसम सुन्दास प्रथम भएका छन भने नेपाली हस्तलेखन प्रतियोगितामा सोही बिधालयका कक्षा ५ मा अध्यनरत महेश डुङ्गाना द्धितिय भएका छन ।

त्यसै गरी नेपाली हस्तलेखन तर्फ सुन्दरबाटिका स्कुलका कक्षा ५ मा अध्यनरत छात्रा केन्द्रिका फुयल प्रथम र सो बिधालयका अंग्रेजी हस्तलेखन तर्फ कक्षा ४ मा अध्यरत छात्रा प्रशंसा रिजाला तृतीय भएकी छिन।

रेश्नल एकेडेमीम अध्यनरत कक्षा ५ का बर्षा लम्साल अंग्रेजी हस्तलेखनमा द्धितिय र कक्षा ४ मा अध्यनरत संजिसा श्रेष्ठ नेपाली हस्तलेखन तर्फ तृतीय भएका छिन।
बाल बगैंचाले नेपाली हस्तलेखनमा सान्त्वना र
ज्ञान सागर एकेडेमीले अंग्रेजी हस्तलेखनम सान्त्वना हात पारेका छन।

राष्ट्रिय निजि तथा आवासीय बिधालय एसोसिएसन , नेपाल ( एनप्याबसन) नगरकार्य समितिको आयोजनामा सो कार्यक्रम संचालन भएको थियो।
एनप्याबसनमा आवद्ध निजि बिधालयका १५ वटा बिद्यालयका कक्षा १ देखि कक्षा ५ सम्मका बिद्यार्थीले उक्त कार्यक्रममा भाग भएका थिए ।
विद्यार्थीहरूको हस्तलेखन सीपको विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस हस्तलेखन प्रतियोगितामा १० बिधालयका अंग्रेजी र नेपाली भाषामा १० /१० जना विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।

प्रत्येक विद्यार्थीहरुलाई १ घण्टाको समय दिइएको थियो र त्यो समयमा उनीहरुले दिएको अनुच्छेद कापीमा शुद्धसँग लेखेका थिए । विद्यार्थीहरुको हस्तलेखन मुल्याङ्कनका लागी अक्षर संरचना र बनोट, लेखनगत प्रष्टता, अनुच्छेदको लम्बाइ तथा सफाइका क्षेत्रहरू तोकिएको एनप्याबसन सुन्दरहरैंचा नगर सल्लाहकार कमल खनालले बताए।

कोशी प्रदेश एनप्याबसनका उपाध्यक्ष सुनिलदत्त अधिकारीले
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै खसकिदै गएको लेखन कलाको क्षमता बिकास गर्न यस्ता किसिमका कार्यक्रमले बिद्यार्थीको सर्वाङ्गिण बिकास हुने बताए।
एनप्याब्सन नगर अध्यक्ष महेन्द्र कुमार राईको सभाध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको संयोजकत्व भने सुन्दरबाटिकाका संस्थापक प्रिन्सिपल बिनोद फुयलले गरेका थिए।


